पार्टीको पहिचान र अस्तित्व नै संकटमा पुग्योः भट्टराई
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १७:२३:४२
२५जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेसपा पार्टीको पहिचान र अस्तित्व नै संकटमा पुगेको बताएका छन् । उनले हतारमा पार्टी घोषणा गरेर गल्ती गरेको पनि स्वीकार गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी संकटमा परेको उल्लेख गरेका छन् ।
नयाँ संविधान जारी भइसकेपछि पाँच मूल वैचारिक–राजनीतिक आधार बनाएर नयाँ शक्ति निर्माणको देशव्यापी अभियान प्रारम्भ भएको र पार्टी घोषणा भएको स्मरण गर्दै त्यसबेला हतारमा पार्टी घोषणा गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।
बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा हतारमा पार्टी घोषणा गर्नु, अरूसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु तथा जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता आउनुलाई कमजोरीकारुपमा स्वीकार गरेका छन् ।
अध्यक्ष भट्टराईले आफ्नो नेतृत्वको पार्टी पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा पुगेको उल्लेख गर्दै वैकल्पिक राजनीतिक शक्ति हौं कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौं भन्नेमा दुविधा उत्पन्न भएको बताएका छन् ।
उनले बाटो घुमेको हो कि गन्तव्य फेरिएको हो भन्नेबारे प्रस्ट हुने गरी उत्तर खोज्नुपर्ने औंल्याएका छन् । ‘संविधान जारी भएपछि नयाँ शक्ति निर्माणबारे बहस र पहल नयाँ उचाइबाट भयो, र २०७२ माघमा ‘नयाँ शक्ति निर्माण अभियान’ सुरु भयो । त्यसले स्वाधीनता, समावेशी÷समानुपातिक÷सहभागितामूलक लोकतन्त्र, सुशासन÷सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादका ५ ‘स’लाई मूल वैचारिक–राजनीतिक आधार बनाएर देशव्यापी अभियान चलाउने र तलैदेखि जनताको सहभागितामा ‘नयाँ शक्ति’को संगठनात्मक आधार तयार गर्ने काम सुरु ग¥यो,’ भट्टराईले प्रतिवेदनमा लेखेका छन् ।’
०७३ जेठमा दशरथ रंगशालामा करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गरियो । त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे । अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकांक्षाहरु पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो । अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो, उनले भनेका छन् ।
हेर्नुस पूर्णपाठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार