काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १८:८:३५
२५ जेठ, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की काठमाडौँ जिल्ला अदालत बबरमहल पुगेर मिटिङ गरेका छन् ।
बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् । अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको बताइएको छ ।
कामु प्रन्या कार्की जिल्ला अदालत पुग्दा सोही भवनको एक इजलासमा नक्कली शरणार्थी मुद्दामा सुनुवाइ चलिरहेको थियो । मिटिङमा कामु प्रन्याले अदालतसँग सम्बन्धित विषयमा जानकारी लिएका थिए । मुद्दा सुनुवाइ गरिरहेका न्यायाधीश प्रेमप्रसाद न्यौपाने भने सहभागी भएनन् ।
सरकारले प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको छ । नियुक्ति गरिनुअघि संसदीय सुनुवाइका लागि उनीविरुद्ध उजुरी आह्वान भएको अवस्था छ । प्रधानन्यायाधीश सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार