प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्व बहालवाला न्यायाधीशदेखि कर्मचारीसम्मका उजुरी
उजुरी दर्ताको समय आज दिउँसो ३ बजेसम्म
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ११:१४:१७
२६ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध बिहीबारसम्म १९ वटा उजुरी परेका छन् । नियुक्ति प्रक्रिया पूरा गर्न संसदीय समितिले जेठ १६ गते गरेको उजुरी आह्वान यता बिहीबारसम्म १९ उजुरी दर्ता भएको समितिले जनाएको छ ।
कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश, वकिल र सर्वोच्च अदालतका कर्मचारीसहित अन्यले उजुरी दिएका छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार ३ बजेसम्म उजुरी दर्ता गराउने समय तोकिएको छ। उजुरी निवारणका लागि सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ ।
कार्की सुनुवाइ समितिमा परेका उजुरीहरूको जवाफ दिन सफल भएमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति हुनेछन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्याय परिषदद्वारा उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा
असोज ११, २०८१ शुक्रबार
बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार