नागरिकता विधेयकसम्बन्धी रिट संयुक्त इजलासमा
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:३:५२
२६ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमा संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेश छलफलका लागि शुक्रबार पेसी तोकिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण संविधानको भावना र मर्म विपरीत भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चले कार्यान्वयनमा रोक लगाउन विपक्षीको नाममा परमादेशको माग गर्दै जेठ १९ मा रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिटमाथि जेठ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त ऐन कार्यान्वयन नगर्न नगराउन र कारण पेस गर्न आदेश जारी गरेको थियो । साथै सोही आदेशले अन्तरिम आदेशका लागि रिटका दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
अघिल्लो संसदले पठाएको उक्त विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी निष्क्रिय रहेको र नयाँ जनमतबाट निर्वाचन राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्दा संविधानको मर्मविपरीत भएको जिकिर रिट निवेदकहरुले गरेका छन् । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
शुक्रबार सुनुवाई भई परमादेश जारी भएको खण्डमा प्रमाणिकरणपछि राजपत्रमा प्रकाशित भई ऐन बनिसकेको अवस्थामा कार्यान्वयन गर्न रोक लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार