ग्रेटर नेपाल र अखण्ड भारतको विषयले दुई देशबीचको कुटनीति सम्बन्ध खलबल्याउने संकेत
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १२:३३:१८
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणपछि थप उच्चाइमा पुगेको भनिएको नेपाल र भारतबीचको कुटनीतक सम्बन्धमा फेरी दरार आउने संकेत देखिएको छ । भारतमा जनस्तरबाटै अखण्ड भारतको चर्चा भइरहेका बेला नेपालमा पनि ग्रेटर नेपाल अभियान सुरु भएको छ । यी दुवै नक्साले दुई देशबीचको सीमा विवादलाई फेरी सतहमा ल्याउने देखिएको छ ।
भारत सरकारले आफ्नो संसद भवनको भित्ता अखण्ड भारतको नक्सा चित्रमा देखाउँद नेपालको लुम्बिनी र त्यहाँका पौराणिक अवषेश समावेश गराएको विषयमा भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले कुरा नराखेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । भारतले राखेको नक्सामा नेपालको भूभाग देखाएको भन्दै नेपालमा पनि ग्रेटर नेपालको नक्सा केही सरकार कार्यलयहरुमै राख्न थालिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको नक्सा हटाएर गे्रटर नेपालको नक्सा राखेका छन् । राजनीतक दलका नेतालेसमेत नेपालमा पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने बताइरहेका छन । अहिले धरै जसोले सामाजिक सञ्जालमा पनि ग्रेटर नेपालको नक्सा राख्न थालेका छन् । भारतमा पनि अखण्ड भारतको नक्साको विरोधमा नेपालले गे्रटर नेपालको नक्साको चर्चा बाहिर ल्याएको चर्चा हुन थालेको छ ।
भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किपछि ग्रेटर नेपाल र अखण्ड भारतको प्रशंग अलग भएको भन्दै अखण्ड भारतको नक्साबारे नेपाललाई प्रष्ट पारिएको बताएका छन् । तर, प्रधानमन्त्री प्रचण्डको आफ्नो भ्रमण क्रममा यो विषय उठेको थिएन् । भारतले अखण्ड भारतको नक्सा प्राचीन, सांस्कृतिक भएको भनिरहेको छ । तर, नक्साले भारतको विस्तारवादी एजेन्डाको पैरवी गरेको छ ।
भारतको यस्तो भनाइले नेपालमा पनि अखण्ड भारतकै जस्तो ग्रेटर नेपाल नक्सा बनाएर राख्नुपने अवाज बढिरहेको छ । टिष्टा काँगडासम्म सुगौली सन्धिपूर्व फैलिएको नेपाली सिमाना फिर्ता ल्याउनुपर्छ भन्दे समाजिक सञ्जालमा आवाज उठिरहेका छन् । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अखण्ड भारतको नक्साको विरोध जनाएपछि कांग्रेस महामन्त्री गगन थापाले थापाले पनि अर्को देशले हाम्रो देशका भूभाग मिलाएर सांस्कृतिक नक्सा भन्दै छाप्छ भने नेपालले पनि ग्रेटर नेपाल बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताएका छन् ।
जनस्तरमै ग्रटर नेपाल र अखण्ड भारतको नक्सालाइ लिएर विवाद भएपछि यसले राजनीतिक रुप नलेला भन्न सकिन्छ । यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा पनि असर पार्ने नै छ । अझ यसलाई पार्टीगत फाइदाका लागि राजनीतक मुद्दा बनाएर लान खोजिएको छ । ग्रेटर नेपाल र अखण्ड भारतको नक्साका विषयमा राजनीतिक दलले भोट बढाउन विषयलाई उचाल्ने सम्भावना पनि देखिएको छ । यसैले यसबारे दुबै देशका कूटनीतिक अधिकारीबीच छलफल चलाउन आवश्यक हुँदै गएको छ ।
भारतीय सञ्चारमाध्यामहरुले उल्लेख अनुसार विदेश सचिव विनयमोहन क्वात्राले अखण्ड भारतको नक्साबारे नेपालले धैरै टाउनको दुखाइरहनु नपर्ने बताएका छन् । ग्रेटर नेपाल भन्दा अखण्ड भारतको विषय अलग भएकाले यसता विषयमा नेपाले संवेदन हुनेपर्ने उनको भनाइ छ । यी दुई नक्साको विषय सीमासँग जोडिएको छ । नेपाल र भारतबीच सीमा विवाद विगतदेखि कायमै छ । यस्तै विषयलाई उछालेर भारतले यसअघि नेपालमाथि अघोसित नाकाबन्दी पनि गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार