कित्ताकाटमा प्रति व्यक्ति ३० हजारसम्म ग्राहकबाट असुल्न कार्यालय प्रमुख विष्टको निर्देशन
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १७:३६:२२
•दीपक शर्मा
२६ जेठ, बर्दिया । व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिएको कार्यालयको नाम लिनुपर्दा मालपोत तथा नापी कार्यालय पहिलो नम्बरमा आउँछ होला । कार्यालयले दिने सेवा प्रवाहमा पहुँचबालाहरुको दबदबा बढेपछि नापी कार्यालय गुलरिया बर्दियामा कित्ताकाट गरेवापत सेवाग्राहीले १० हजार देखि ३० हजारसम्म घुस खुवाउनु पर्ने वाध्यता रहेको छ ।
दिनहुँ जसो भीडभाड हुने नापी कार्यालय गुलरियामा सरकारले निर्धारण गरेको मूल्य ५० हजार र चलन चल्तीमा ६० देखि ८० हजार प्रति कठ्ठा पाइने जमिनलाई कित्ताकाट गर्दा नापी कार्यालय बर्दियाले २५ हजार रूपैयाँसम्म घुस खुवाउनु पर्ने बाध्यता रहेको छ । घुस नखुवाएसम्म फाइल अगाडि बढ्दैन, लेखापढी गर्ने व्यक्तिसँग समन्वय गरेर घुस रकम पनि उपलब्ध गराएपछि नापी कार्यालयका प्रमुख किसन सिंह विष्टकाे इसारामा काम तत्कालै हुने गरेको बताइन्छ ।
सबै कागजात तयार पारेर सेवाग्राही आफै गएको अवस्थामा अंशवण्डाको लागि कित्ताकाट गर्दा महिनौं लाग्ने गर्दछ तर च्यानल मार्फत गएको अवस्थामा भने काम तत्कालै हुने गरेको छ । कित्ता काट गर्दा कुनै राजस्व लाग्दैन तर कर्मचारीको गलत नियतका कारण अहिले कित्ताकाटका कर्मचारीले तोकेरै रकम लिने गरेका छन । नापी कार्यालयका प्रमुख किसनसिंह विष्ट भने कार्यालयमा कमै उपस्थिति हुने गरेका छन । विष्ट महिनामा ८ देखि १० दिन मात्रै कार्यालयमा भेटिने गरेको सेवाग्राहीको भनाई रहेको छ ।
महिनाको अन्तिम दिन तथा हरेक शुक्रबार घुसबाट साता वा महिना भरी उठेको रकम उनका सहयोगी अन्य कर्मचारीहरूले संकलन गरी बुझाउने गरेको एक कर्मचारीले नाम नछापिदिने सर्तमा बताए । उनका अनुसार कार्यालयका अधिकृत पवन गुप्ताको योजना मै कित्ताकाट लगायतका अन्य कामबाट कति रकम घुस माग्ने भनेर छलफल गरी कर्मचारीहरू आ आफ्नो कक्षमा जाने गरेका छन ।
सामान्यतया कित्ता काटको लागी सेवा लिन आउने सेवाग्राहीलाई यो मिलेन त्यो मिलेन भन्दै महिनौ झुलाउने गरेका छन । ति मध्ये माथि तस्वीरमा कार्यालयको पिँढीमा आराम गरिरहेकी महिला कार्यालयमा धाएको महिनौ भैसकेको छ तर घुस मागेको रकम दिन नसक्दा उनको काम हुन सकिरहेको छैन ।
कार्यालय पनि कर्मचारीकै योजनामा चलिरहेको छ । नापी अधिकृत कार्यालयमै बस्नु पर्ने हो तर कुनै दिन नापी प्रमुख किसन सिंह विष्ट लामो विदा पछि कार्यालयमा एक दिन हाजिर भएर तालिमको लागी गएकै दिन नापी अधिकृत पवन गुप्ता लगायतका कर्मचारी फिल्ड जाने गर्दछन । फिल्डमा सरकारले तोकेको भन्दा बढी रकम लिन पाइने भएको हुँदा पनि यसरी फिल्डमा अधिकृत समेत जाने गरेका छन ।
तर नापी कार्यालय गुलरियाका प्रमुख किसन सिंह विष्टले नागरिकका समस्या आफनो टेबुलमा नआउने गरेको दावी गरे । उनका अनुसार कुनै कर्मचारीले घुस मागेको भए त्यस विषयमा आफूलाई थाहा नभएको बताए । विष्टले यस्तो दावी गरिरहँदा सेवाग्राहीको भने चित्त दुखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार