कांग्रेसले आफ्नो परिचय खोज्नुपर्ने बेला आयो: वरिष्ठ नेता शेखर कोइराला
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १८:७:३९
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नेपाली कांग्रेसले आफ्नो परिचय आफै खोज्नुपर्ने बेला आएको बताएका छन् । उनले मुलुकको अग्रणी राजनीतिक पार्टीको रुपमा रहेको कांग्रेसले अहिले किन र कसका लागि भनेर औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
चितवनमा शुक्रबारदेखि सुरु भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औँ महाधिवेशनमा बोल्दै नेता कोइरालाले जनता र कांग्रेसका बीचमा दुरी बढेको बताए । उनले पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न र चासो बढिरहेको बताए ।
कोइरालाले जनता र कांग्रेसका बीचमा दुरी बढेको भन्दै, ’हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन । तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ,’ उनले भने । नेता कोइरालाले कांग्रेसले प्रस्ट विचार र कार्यक्रमका साथ जनताको बीचमा जान नसके थप औचित्य गुमाउँदै जाने बताए ।
उनले पछिल्ला दिनमा विकसित राजनीतिले कांग्रेसकै भविष्य के हुने भन्ने चासो बढेर गएको र यतिबेला कांग्रेससामू चुनौतीको चाङ रहेको बताए । उनले भने, ‘पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ । हामी यतिबेला जनतासँग टाढिएका छौं । यो दुःखद् कुरा हो । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो । पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न सकेनौं भने हामीले हाम्रो औचित्य गुमाउँदै जाने छौं ।’
नेता कोइरालाले पछिल्लो पटक तीनै तहका न्यायालयले दोषी करार गरेका दुई दर्जनले आममाफी पाएको भन्दै कानुनी शासनमा यस्तो उन्मुक्ति अभ्यासलाई कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको बताए । लोकतन्त्रमा कुनै व्यक्ति, संस्था वा समुदाय कानुनभन्दा माथि हुँदैन भन्ने सन्देश प्रवाह गर्न सक्दा मात्रै आमजनताले देशको राजनीति र राजनीतिज्ञलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सन्देश जाने बताए ।
संविधानले कानुनी शासनमा सबैलाई समानताको हक दिएको भन्दै उनले दण्डहीनता बढेर गएको र उन्मुक्ति पाउने अवस्था अझै विद्यमान रहेको बताए । उनले कानुनको उल्लंघन नगरी कसैलाई दण्ड नदिनु र कानुन उल्लंघन गर्दा सबैलाई समान दण्डको व्यवस्था गर्नु भन्ने संविधानवादको साधारण मान्यतालाई भुल्न नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार