सभापतिको मनोमानीले कांग्रेस विधानको धज्जी उड्यो : नेता केसी
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १८:५०:९
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुशी निर्णय गरेको बताएका छन् ।
कांग्रेस रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका नेता केसीले पार्टी सभापति देउवाले विधान मिचेका कारण आज क्रियाशील सदस्यता लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने अवस्था आएको बताए । यसबाट कांग्रेसको विधानको धज्जी उडेको उनले बताए ।
‘सभापतिको नजिक भएपछि आज क्रियाशील सदस्य लिन्छ । उहाँले १० वर्ष प्रमाणित गर्दिनुहुन्छ, ति मान्छे भोलि केन्द्रीय सदस्यमा लड्छन् । यस्तो अवस्था बनेको छ’ नेता केसीले भने । उनले कांग्रेसको विधान मिचिएर मेटिसकेको भन्दै कटाक्ष गरे । विधानले हरेक २ महिनामा केन्द्रीय समितिको बैठक बस्ने व्यवस्था भएपनि सभापतिको मनपरीका कारण १० महिनायता बैठक बस्न नसकेको उनले बताए । अहिले कांग्रेससँग विधान नै छ कि छैन भन्नुपर्ने अवस्था आएको बताए ।
देउवाको कार्यशैलीको चर्को आलोचना गर्दै केसीले पार्टीका विभाग गठन र पदाधिकारी मनोनित गर्न नसक्दा पार्टी नै थला परेको बताए । थला पर्दै गएको कांग्रेसलाई उठाउन देशभरबाट नेता कार्यकर्ताहरु एकजुट भएर उठ्न सुरु गरेको बताए ।
कांग्रेसको संस्थापन इतर पक्ष मानिने समूहले शुरु गरेको प्रदेश रुपान्तरण अभियान मधेश, बागमती, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिम पुगेको हो । प्रदेश अभियान सकिएपछि जिल्ला र क्षेत्रमा अधिवेशन गर्ने तयारी गरिएको छ ।
सुदूरपश्चिमकाे चर्को गर्मीका बाबजुद कार्यक्रममा बाक्लाे संख्यामा सयौं नेता कार्यकर्ताहरु सहभागी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवाले लेखकलाई बनाए कार्यसम्पादन समितिको सदस्य
जेठ १०, २०८१ बिहिबार
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार