अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिका आफन्तको जिम्मामा
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:१०:४०
२८ जेठ, बोगोटा । कोलम्बियाको अमेजन जङ्गलमा ४० दिन पछि भेटिएका चार बालबालिकालाई आफान्तको जिम्मा लगाईएको छ।
अमेजनको बर्षा जंगलमा ४० दिन पछि जिउँदै फेला परेका चार बालबालिका अस्पतालमा निको भएपछि आफन्तलाई जिम्मा लगाईएको हो । यसरी फेला परेका बालबालिकामा १३, नौ, पाँच र एक वर्षका भाइबहिनीहरू रहेका थिए ।
‘उनीहरु धेरै नै कमजोर भएका छन् तर आफ्नो परिवार देख्न पाउँदा उनीहरु खुसी देखिएका छन्,’ उनीहरूका हजुरबुवा फिडेनसियो भ्यालेन्सियाले भने।
सेना र स्थानीयको एक महिनाभन्दा बढी खोजीपछि शुक्रबार चारजना बालबालिकालाई जिबितै फेला पारेका हुन् । गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरु बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको छ ।
उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलहरूसहित चिन्हहरू देखे पछि उनीहरूको खोजीलाई तिब्रता पारिएको थियो । जसअनुसार शुक्रबार उनीहरु ४० दिन पछि सकुशल फेला पारिएको थियो ।
त्यस क्रममा अर्थात एक वर्षको बालक र अर्को पाँच वर्षको बालकले आफ्नो जन्मदिन जंगलमा मनाएका थिए । सुरक्षा अधिकारीहरुका अनुसार सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले उनीहरूलाई जंगलमा कसरी जिउँदै रहने भन्ने परीक्षाको माध्यमबाट मार्गदर्शन गरेकी थिइन् । सो क्रममा उनीहरुले जंगली फलफूल खाएर बाँचेका थिए । उनीहरुले घना जंगलका बिचमा कसरी आफनो जीवनलाई काबुमा राख्ने भन्ने कुरा जानेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
‘तिनीहरू थोरै बोलिरहेका छन् र तिनीहरूमध्ये दुईले खेल्नसमेत थालेका छन्,’ कोलम्बिया अस्पतालका एक स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार