नो भोटको व्यवस्था गर्न संसदमा विधेयक पठाउने आयोगको तयारी, शीर्ष नेता नै अनिच्छुक
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार ११:२५:५८
२८ जेठ, काठमाडौं । आम निर्वाचनमा मतदाताले कुनै पनि उम्मेदवारलाई मत दिन्न भनेर मतदान गर्न पाउने 'नो भोट'को व्यवस्था गर्न प्रमुख दलका शीर्ष नेताहरू अनिच्छु देखिएका छन् । दलप्रति व्यापक वितृष्णा बढेको अवस्थामा 'नो भोट'को व्यवस्थाले पार्टी नै संकटमा पर्ने उनीहरूको बुझाइ छ । निर्वाचन आयोगले यससम्बन्धि विधेयक संसदमा पठाउने तयारी गरेको छ ।
नेपालमा 'नो भोट'को व्यवस्था गर्नुपर्ने माग विगत देखि नै उठिरहेको छ । तर, नेपालमा अहिलेसम्म 'नो भोट'को व्यवस्था गरिएको छैन । अब आउने निर्वाचनमा भने निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा नो भोटको व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा नो भोटको व्यवस्था समावेश छ ।
आयोगले शुक्रबार राजनीतिक दलहरूसँगको छलफलमा नयाँ कानुनमा नो भोटको व्यवस्था गर्न लागिएको बारे परामर्श गरेको थियो । त्यस क्रममा आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समावेश गरिएको जनाएको छ । सो मस्यौदा संसदमा पेश गर्न लागेको भन्दै आयोगले त्यसमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समेत समेटेको छ ।
त्यस्तै मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था मिलाउनेबारे समेत समावेश गरिएको आयोगले जनाएको छ । मस्यौदा समितिले राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला, विज्ञहरुको राय सुझाव र विगतका निर्वाचनमा खटिएका निर्वाचन पर्यवेक्षक, अवलोकनकर्ता तथा अनुगमनकर्ताबाट प्राप्त सुझाव, सिफारिस र पृष्ठपोषणसमेतलाई ध्यानमा राखेर मस्यौदा गरेको आयोगले जनाएको छ ।
आयोगले गर्न लागेको व्यवस्था प्रति दलहरूले प्रतिक्रिया नदिएपनि प्रमुख दलका शीर्ष नेता यसको पक्षमा नभएको बताइएको छ । आयोगले यसबारे दलको धारणा मागेपनि अहिलेसम्म कुनै पनि दलका नेताले यसै हो भनेर जवाफ दिएका छैनन् । नो भोटको व्यवस्था भए यसबाट दलहरुलाई निकै ठूलो चुनौती आउन एक नेताले नेपालबहसलाई बताए ।
उनले अहिले आयोगले संसदमा नो भेटको प्रस्ताव लगेपनि पारित हुन भने मुस्किल छ । नो भोटको व्यवस्था गर्दा शीर्ष भनिएका नेताहरुकै विपक्षमा मत पर्ने सम्भावना धेरै छ । यसको व्यवस्था गर्दा दलले दिएको उम्मेदवार कति जनतामा भिजेको छ भन्ने प्रति कुरा थाहा हुने र यसले एक खालको उम्मेदवार छनोटमा सहि मान्छे छानिन सक्ने भएपनि अहिले नै नो भोटको अवस्था लागु हुन नसक्ने उनले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार