आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा २२ असारमा, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार ११:२६:४४
२८ जेठ, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५ औं वार्षिक साधारणसभा असार २२ गते बोलाएको छ । सभा, अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।
गणेश हिमाल हाइड्रोपावरले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनामा ६० प्रतिशत लगानी गर्न र बैंकको ऋण भुक्तानी गर्नको लागि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, असार २ गतेसम्म कायम शेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
असोज २१, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार