चौथो ओएस नेपाल म्युजिक अवार्डका उत्कृष्ट पाँचमा परेका २७५ जनालाई प्रमाणपत्र प्रदान
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार ११:४६:३१
२८ चैत, काठमाडौं । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकार तथा श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
'नेपाली गीत संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रमाण प्रदान गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तथा काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकार तथा स्रष्टाहरूलाई प्रमाणपत्र वितरण गरिएको आयोजक विवेक कार्कीले जानकारी दिए ।
मन्त्री मोदीले कलाकारहरू देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए । आफू २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरूमा कलाकारिता प्रतिको उत्साह देख्दा खुसी लागेको बताए ।
कार्यक्रममा वरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर विवेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके स्मारिका र शिव कैलाश प्रेममा छन् ?
माघ ११, २०८१ शुक्रबार
गायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
हनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार