असार मसान्तभित्र प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकीकृत कारोबारमा जाने
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १२:४४:५
२८ जेठ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा राजधानीमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराए ।
अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा पनि प्रकाश पारे । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ।व। २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ।
यसै गरी साधारण सभामा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने र गाभिने, गाभेपछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुवै कम्पनीको शेयर अनुपात १:१ कायम गरी गाभ्ने र गाभिने, दुवै कम्पनी एक आपसमा गाभ्दार गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
कार्यक्रमको अन्त्यमा सञ्चालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनी सचिव कमल पन्थीले सञ्चालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुवै कम्पनी मर्ज भई एकीकृत कारोबारमा जाने जानकारी गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
जेठ १२, २०८१ शनिबार
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा
जेठ १२, २०८१ शनिबार
हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै
जेठ १२, २०८१ शनिबार