बजेट क्यालेन्डर फेरौं, बजेट तर्जुमा र कार्यान्वयनमा सांसदकाे भूमिका सशक्त बनाऔं : गगन थापा
‘फ्रोजन मासुमा कर लगाउने कुराले कुखुरा व्यवसायी आतंकित बनेका छन्’
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १५:३०:३७
२८ बजेट, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकारले ल्याउने बजेटको क्यालेण्डर फेर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि वारी छलफलमा भाग लिँदै सांसद थापाले सरकारले हरेक वर्ष तयार पार्ने बजेटमा क्यालेण्डर बनाएर काम गर्ने गरी कानून बनाउन सबै सांसद जुट्न आग्रह गरेका छन् ।
उनले बजेटको क्यालेन्डर बनाउँदा सरकार सांसदहरुसँग डर मान्नुपर्ने गरी बनाउनुपर्नेमा जोड दिए । ‘संसदीय व्यवस्थामा सरकारसँग बहुमत रहने गरिएपनि सांसदसँग सरकार डराउनुपर्ने आधार छैन’ उनले भने, ‘सांसदसँग सरकारको सम्पूर्ण कामकारवाहीको चेक गर्ने र गल्तीमा सुधार गरेर लैजान सकिने अधिकार छ, तर अध्ययनको कमीका कारण हामी बोल्न र खण्डन गर्न सकिरहेका छैनौं । यसका लागि अन्तर्राष्ट्रिय मुलुकका व्यवस्थाबारे अध्ययन गर्न जरुरी छ ।’ उनले बजेट तर्जुमा र कार्यान्वयन चेक गर्न सांसदलाई अधिकारठोस गर्न नियम वा ऐनमा संशोधन गर्न आवश्यक रहेको बताए ।
बजेटका काम चैत महिनामै सक्न फागुनमै आवश्यक तयारीका सम्पूर्ण काम सक्ने गरी क्यालेन्डर बनाउनुपर्नेमा जोड दिए । ‘राजनीतिक उद्देश्यलाई भेट्टाउने गरी कर्मचारीसँग राजनीतिकर्मी बजेट तर्जुमा र कार्यान्वयन मिटिङमा साथसाथ रहने गरी नियम बनाउनुपर्छ, यसनिम्ति सांसदहरुले काम गर्नुपर्छ’ उनले भने ।
थापाभन्दा अगाडि बोल्ने नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट दिउँसो ४ बजे प्रचलनलाई परिवर्तन गरेर बिहान १० बजे सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
सांसद थापाले बेलायतमा रहेका ‘फिस्कल वाच डग’ नामक एजेन्सीले सरकारको बजेट र कार्यान्वयनसम्बन्धी सम्पूर्ण जानकारी सांसद दिने गरिएको स्मरण गर्दै नेपालमा कानूनी संयन्त्रका अभावमा कर्मचारीतन्त्रले खटनपटन चलाउने र राजनीतिक उद्देश्य विमुख हुन पुग्ने उनको भनाइ छ । सांसदलाई देशको आवश्यकतामा कानून बनाउने र हटाउने अधिकारबारे ज्ञान दिने किसिमका संयन्त्र क्यानडा, नर्वे, डेनमार्क लगायत मुलुकमा स्थापित रहेको भन्दै यसबाट राम्रा कुरा सिक्न हिच्किचाउन नहुने उनको तर्क छ ।
अर्को प्रसंगमा सांसद थापाले सरकारले थुप्रै राम्रा र थुप्रै त्रुटिपूर्ण व्यवस्था गरेको भन्दै बजेटमाथि सांसदहरुले राखेका राम्रा सुझावलाई समेटेर लैजानुपर्ने बताए । उदाहारण दिँदै आलु र प्याजमा कर लगाउने कुराले राम्रो सन्देश नजाने बताए । नागरिकले तरकारीको रुपमा धेरै मात्रामा प्रयोग गर्ने वस्तु आलु र प्याजमा कर लगाउँदा कर उठ्ने विश्वासमा सरकार परेपनि भान्सा महंगो हुने र उत्पादन निरुत्साहित हुने खतरा रहने बताए ।
यस्तै, उनले सरकारले ‘फ्रोजन मासुमा कर लगाउने नीति लिने भनेको कुराले कुखरा व्यवसायी र मासु पसलेहरु आतंकित बनेको बताए । ‘स्वास्थ्य मन्त्रालयले फ्रोजन गरिएको मासु मात्र खान भन्ने, तर सरकार फ्रोजन मासुमा कर लगाउन खोज्छ । यसले कुखुराको मासुमा आत्मनिर्भर बनाउने सरकारकै लक्ष्यविपरीत हुने निश्चित छड थापाले भने ।
बजेट बनाउँदा राजनीतिक पक्ष सहभागी हुन नसक्दाको परिणत बजेट जनताको हितविरुद्ध काम गर्ने गरी आउने गरिएको बताउँदै यसलाई रोक्न सांसदहरुले भूमिका बढाउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
दुई तिहाईको सरकारले अध्यादेश होईन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता एनपी साउद
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार