जसपाले चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाहीको डण्डा चलाउने
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १६:१८:४३
२८ जेठ, काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा चुनावमा अन्तर्घात गर्ने नेता र कार्यकर्तामाथि कारवाहीको डण्डा चलाउने भएको छ । शनिबार बसेको कार्यकारिणी समितिको बैठकले गरेको यस्तो निर्णय गरेको हो ।
बैठकले चुनावमा अन्तर्घात गर्नेलाई पार्टीको विधानबमोजिम कारबाही गर्ने निर्णय लिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताए । उनका अनुसार दोषी देखिएका नेता कार्यकर्तालाई उनीहरु आवद्ध रहेकै समितिले कारवाही गर्नेछ ।
जसअनुसार स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गर्ने उनले बताए । कारबाहीमा पार्टी सदस्यबाट निलम्बन गर्नेदेखि नसिहतसम्म गर्न सकिने अख्तियार दिइएको छ ।
मङ्सिर ४ गते सम्पन्न आम चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव राप्तरी २ बाट पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनका आधारमा कारवाहीको निर्णय लिइएको हो ।
कार्यादलले उजुरी परेका नेता कार्यकर्ताहरुमाथि लिखित र मौखिक बयान लगायत पक्रिया पूरा गरी सूचीसहित कारवाहीका लागि सिफारिस गरेको थियो ।
सिफारिससहित अध्यक्ष उपेन्द्र यादवलाई बुझाइएको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पार्टीभित्र असन्तुष्ट चुलिएपछि शनिबारको बैठकले कारवाही गर्ने निर्णय लिएको हो । योसँगै सबै तहलाई परिपत्र गर्ने तयारी भइरहेको जसपा कार्यालयले जनाएको छ ।
अध्यक्ष यादव मंसिर ४ को आमनिर्वाचनमा हारेर संघीय सांसदमा आउन बाटो बन्द भएपछि वैशाख १० मा भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका छन् । निर्वाचितपछि यादवलाई पार्टीले संसदीय दलका नेता चयन समेत गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार