अर्थतन्त्र ऋणको पासोमा परिसकेको बाबुराम भट्टराईको जिकिर
नयाँं समाजवादी शक्ति निर्माणमा एकताबद्ध हुन अपिल
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १८:८:३६
२८ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र ऋणको पासोमा परिसकेको जिकिर गरेका छन् ।
जेठ २५ र २६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकपछि आज जारी विञप्तिमा अध्यक्ष भट्टराईले बजेटमा पुँजीगत खर्चको अंशभन्दा ऋणको साँवा ब्याजको भार बढी हुनुले मुलुक ऋणको पासोमा परिसकेको पुष्टि भएको जिकिर गरेका हुन् ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको बजेटले अर्थतन्त्रको धरातलीय यथार्थता एवं संरचनागत समस्याहरुलाई नजरअन्दाज गरेको उनको ठम्याई छ । उनले अहिलेको बजेट विगतकै निरन्तरतामा रहेको बताए ।
यस्तै द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्ने प्रयास भइरहेको निष्कर्ष निकाल्दै शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशिघ्र सम्पन्न गर्न माग उल्लेख गरिएको छ । साथै नेपाल समाजवादी पाटीले रेशम चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा गरेकामा भने खुशी व्यक्त गरेको छ ।
यस्तै, उसले पुराना दलहरू भ्रष्टीकरण बनेकाे भन्दै भ्रष्टीकृत पुराना शक्तिहरुको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहत् ध्रुवीकरणसहित नयाँं समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल गरेकाे छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई उनी मूल पार्टी नेकपा (माओवादी)बाट अलग भएर नयाँ शक्ति हुँदै नेसपा गठन गरी नेतृत्वमा आइपुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार