गौर हत्याकाण्डसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा हुने
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १३:४१:५
२९ जेठ, काठमाडौं । रौतहटको गौरमा २०६४ चैत २७ मा भएको नरसंहारकारी गौर हत्याकाण्डविरुद्धको मुद्दा सुनुवाईका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सुनुवाइको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।
यही जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर तथा जिल्ला सरकारी वकिलको कार्यालय रौतहटलाई विपक्षी बनाइ मुद्दा दायर गराएका थिए ।
पहिलो संविधानसभाको निर्वाचनमा मतदान हुने दिनको अघिल्लो दिन एकै स्थानमा मञ्च बनाउने विषयमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम र प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताबीच चलेको विवादमा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको निर्मम तरिकाबाट हत्याभएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार