आलु र प्याजमा भ्याट नहटाउने अर्थमन्त्रीको संकेत
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १४:४:४५
२९ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत आलु र प्याजमा भ्याट लगाउने नीतिगत व्यवस्था कायमै रहने संकेत दिएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा यसअघिका छलफलमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुले उठाएका प्रश्न र सुझावमाथि जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भरता कायम गराउने सरकारको समाजवाद उन्मुख विकास कार्यक्रम अन्तर्गत उत्पादनको बेस बढाउन भ्याटको नीति लिएको बताए ।
बैठकमा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफमा मन्त्री महतले करको दर बढाएर मात्रै आत्मनिर्भरताको मान्यता सार्थक नहुने भन्दै मन्त्री डा. महतले करको बेस (शीर्षक) बढाउने नीति गठबन्धन सरकारले लिएको स्पष्ट पारे ।
नागरिकको चुलोमा हरेक दिनजसो पाक्ने आलु र प्याज सधैं विदेशमा ल्याउने कुरा ठीक नहुन भन्दै देशिभत्रै उत्पादनमा प्रोत्साहन गर्न आयात हुने आलु र प्याजमा भ्याट लगाएर बेस बढाउने नीतिलाई कार्यान्वयमा लैजान खोजिएको उनले बताए । कृषि उपज उत्पादनमा बजेटमा अनुृदानको व्यवस्था गरिएको आलु र प्याज विदेशमा किन्नुपर्ने अवस्थालाई विस्थापित गर्ने नीति सरकारले लिएको प्रष्ट पारे ।
सोमबार मात्र आलु र प्याज आयात गर्दै आएका व्यवसायीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आलु र प्याज आयातमा लगाएको भ्याटले उपभोक्ता मूल्य महंगी हुने बताउँदै भ्याट हटाउन माग गरेका छन् । उनीहरुको पत्रकार सम्मेलन सकेलगत्तै आएको जवाफमा मन्त्री महतले भ्याट नहट्ने संकेत दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लागि लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार