सांसद विकास कोषको बजेट खर्च गर्न नचाहने सांसदको रकम पूँजीगत खर्चमा रकमान्तर गरिने
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १४:३४:४९
२९ जेठ, काठमाडौं । सांसद विकास कोषको बजेट रकम लिन नचाहने सांसदको रकम पूँजीगत खर्चमा रकमान्तर गरिने भएको छ । यसअघि हटाइसकेको कोषलाई वर्तमान सरकारले पुनः ब्युँताएपछि सांसदहरुले विरोध गरेका छन् ।
सोमबार यसबारे प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रत्यक्ष निर्वाचित १६५ क्षेत्रका सांसदहरुलाई उनले आफ्नो निर्वाचन क्षेत्रभित्र चाहेको शीर्षक ५ वटा योजनामा खर्च गर्न पाउने गरी ५ करोड रुपैयाँका दरले रकम छुट्याइएको बताए । रकम लिएर खर्च गर्न नचाहने सांसदको रकम पूँजीगत खर्चमा रकमान्तर हुने मन्त्री महतले स्पष्ट पारे ।
कोषबाट रकम वितरण गर्दा सांसदले विकास भन्दा टुक्रे योजनामा बाँडेर कार्यकर्ता पाल्ने र भ्रष्टाचार गर्ने गरिएको भन्दै आलोचना भएपछि एमाले नेतृत्वको सरकारले खारेज गरेको थियो । तर सरकारले योपटक फिर्ता गरी बजेटबाटै रकम विनियोजन गरेको हो । मन्त्री महतले विनियोजित ५ करोड रकम सोझै सांसदको खल्तीमा जाने नभएको बताए ।
यही विषयमा काठमाडौं महानगरका मेयर बालेन साहले सांसद वडाध्यक्षको हैसियतमा झरेको तिखो टिप्पणी गरेका थिए । संसद बैठकमा बोल्ने कतिपय सांसदले सरकारले आफूहरुलाई ५ करोडको हैसियतमा झारिदिएको भन्दै उक्त रकम अस्वीकार्य हुने धारणा राखेका थिए । र, यसबारे मन्त्री महतको जवाफ माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार