गाजा खेतीबारे अर्थमन्त्रीको जवाफः ‘फाइदा अरुले नै लिन थालेपछि खेतीबारे अध्ययन गर्न याेजना ल्याएका हाैं’
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १५:२६:३६
२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गाजाको फाइदा अरुले नै लिन थालेपछि खेतीका लागि संभाव्य अध्ययनका लागि आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट नीतिमा खेतीका लागि अध्ययन गर्न बजेट विनियोजन गरिएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष समेत रहेका पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीले गाजा खेतीको संभाव्यता गर्ने सरकारको नीतिबारे विरोध जनाएको विषयलाई डा. महतले प्रतिपक्षको कर्तव्य नै विरोध गर्नु रहेको बताए । प्रतिपक्षी दलका सांसदहरुले पनि बजेटको विरोध गरेका छन् । यसबारे एमालेका सांसदहरुले स्पष्टिकरण माग गरेका छन् ।
गाजा खेतीबारे मन्त्री डा. महतले आउने आर्थिक वर्षमा खेती नभई खेतीका लागि अनुकूल छ कि छैन ? भन्नेबारे अध्ययन मात्र गर्ने भनिएको स्पष्ट पारे । यसअघि गाजामाथि प्रतिबन्ध नलगाए वैदेशिक सहयोग रोकिने भएपछि बन्देज लगाएको जवाफ उनले दिए । प्रतिबन्धपछि अहिले गाजामा हुने औषधीजन्य गुणको फाइदा अरु (विदेशी)ले मात्र लिन थालेपछि यसलाई परिमार्जन गरेर फाइदा देशले नै लिने उद्देश्यअनुरुप अध्ययन गर्न लागिएको बताए ।
‘अहिले विभिन्न मुलुकले नै मेडिकल प्रपोजमा गाजाको ठूलो विजनेस गरिरहेको उनले बताए । ‘यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने तर हामी पुरानै मानसिकताबाट हट्न सके राम्रै हुन्छ भन्ने हो ।’ उनले गाजा प्रयोगमा ल्याउन विद्यमान थुप्रै कानून परिवर्तन गर्नुपर्ने र यसतर्फ सदनले मुख्य रुपमा ध्यान दिन आग्रह गरे ।
गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौं भनेको भन्दै भोलिदेखि नै लागु गरौं सुरू गराैं भन्ने मान्यतामा सरकार नरहेकाे बताए ।
गाजालाई हाल कानूनले लागू औषधको सूचीमा राख्दै उत्पादन, प्रयोग, उपभोग र खरिदबिक्री गर्न प्रतिबन्धित छ । गाजा प्रयोग, उत्पादन, सेवन, ओसारपसार गरेकै आरोपमा सयौं नागरिक जेलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
दाइको हत्या आरोपमा भाइ पक्राउ
माघ १३, २०८१ आइतबार
फक्स न्युजका पूर्व होस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
माघ १३, २०८१ आइतबार
नेपालमा कुष्ठरोगः अझै उच्च जोखिममा छन् १८ जिल्ला
माघ १३, २०८१ आइतबार
रसुवामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
माघ १३, २०८१ आइतबार
हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने
माघ १३, २०८१ आइतबार