नेपाली उत्पादन र उद्योगीलाई संरक्षण गर्न आयातित उपभोग्य वस्तुमा कर लगाएको होः अर्थमन्त्री
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १५:४९:१४
२९ जेठ, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मार परेको भनेर भइरहेको आलोचनाको बचाउ गरेका छन् । उनले आन्तरिक उत्पादकलाई संरक्षण गर्नका लागि विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाएको बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री महतले सांसदका प्रश्नको जवाफ दिने क्रममा विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाउँदा आन्तरिक उत्पादकलाई फाइदा हुने बताए । उनले आयातित वस्तुमा कर लगाउनु आन्तरिक उद्योगीलाई संरक्षण गरिएको बताए ।
बजेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मारमा पार्ने नीति बजेटमार्फत लिइएको सांसदहरूको भनाइ थियो । सांसदहरूले त्यसरी प्रश्न उठाउनु स्वाभाविक भएको मन्त्री महतको भनाइ थियो । उनले उपभोक्ता मारमा पर्ने, उत्पादक समस्या पर्ने नीति नलिइएको बताए ।
मन्त्री महतले बजेटमा नारामात्रै नभएको बताए । हरेक नाराहरू बजेट विनियोजन, सरकारको नीति तथा कार्यक्रममा लक्षित उद्देश्यका साथ आएको बताए । अनावश्यक क्षेत्रमा विनियोजन गरेको बजेट कटौती गरिएको उनको भनाइ थियो । करको दर मात्रै नभई दायरा पनि बढाउँदै आएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार