गेटालाई विश्वविद्यालय नै बनाउने हो, ऐन बनाउने काम सुरु भइसक्या छ : अर्थमन्त्री डा. महत
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १६:४८:५२
२९ जेठ, काठमाडौं । कैलालीको धनगढीमा रहेको गेटा मेडिकल कलेजलाई गेटा विश्लविद्यालय बनाउने भएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गेटालाई प्रतिष्ठान बनाउने हो कि विश्वपविद्यालय ? भनेर उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल कायम रहेका गेटा मेडिकल कलेजलाई विश्वविद्यालय नै बनाउने गरी सरकारले बजेट छुट्याइएको स्पष्ट पारेका छन् ।
यस्तै, अर्थमन्त्री डा. महतले गेटाबारे बाहिर विभिन्न शंका उपशंका र हल्ला चलिरहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । ‘गेटा मेडिकल कलेजलाई दशरथ चन्द विश्वविद्यालय नै बनाउने हो । यसनिम्ति पर्याप्त बजेट विनियोजन गरिएको प्रष्ट पारे । विश्वविद्यालय बनाउन ऐन बनाउने काम भइरहेको उनले बताए । उनले विश्वविद्यालय नबनाउने हु्न् कि भनेर आन्दोलन चलाइरहेको भन्दै मन्त्री महतले विद्यालय बनाउने कुरामा अहिलेबाटै स्पष्ट हुन आग्रह गरे ।
गेटालाई सरकारले आगामी आवको वार्षिक नीति तथा कार्यक्रममा गेटालाई विश्वविद्यालय बनाउने घोषणा गरिएपनि बजेटमा स्पष्ट उल्लेख नगरिएको भन्दै सोमबारदेखि सरोकारवालाहरुले आमहड्ताल गरेका छन् ।
यस्तै, गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षरत जिल्लावासीले सुदूरपश्चिम प्रदेशसभा घेराउ गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार