रामेछाप कांग्रेस सभापति तामाङविरुद्ध देउवासमक्ष उजुरी
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार ११:३७:३
३० जेठ, काठमाडौं । नेपाली कांग्रेस रामेछाप सभापति पूर्णबहादुर तामाङविरुद्ध केन्द्रीय सभापति शेरबहादुरसमक्ष उजुरी परेको छ । तामाङको कार्यशैलीको विरोध गर्दै कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काको नेतृत्वमा ४७ जनाले सभापति देउवालाई उजुरी पत्र बुझाएका छन् । उजुरी दिनेमध्येमा ७ जना महाधिवेशन प्रतिनिधि छन् ।
कांग्रेसले जिल्ला सम्मेलन घोषणा गरिसकेको छ । उसले जिल्लाका ६४ वटै वडामा सम्मेलन सम्पन्न गरिसकेको छ । तामाङविरुद्ध स्थानीय र आमनिर्वाचनका बेला चरम असन्तुष्ट प्रकट भएको थियो । खडका पक्षले तामाङले बोलाएको जिल्ला समितिको बैठक समेत बहिष्कार गरिसकेको अवस्था छ ।
तामाङले जिल्ला सम्मेलनका लागि जिल्ला कार्यसमिति सदस्यलाई मात्र बोलाइएको छ । जिल्लाका संस्थापन इतर पक्षका महाधिवेशन प्रतिनिधिलाई बोलाएका छैनन् । जिल्ला सम्मेलनमा पक्षपात गरिएको भन्दै आफूहरुले केन्द्रमा सभापतिलाई जानकारीका लागि उजुरी दिएको असन्तुष्ट पक्षका नेता एवं महाधिवेशन प्रतिनिधि भरत चौलागाँईले बताए ।
सभापति तामाङले जिल्ला पार्टीलाई विधि र विधानभन्दा बाहिर गएर मनोमानी तरिकाले संचालन तथा निर्णय गर्ने र जिल्ला पार्टीमा गुट संचालन गर्ने गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार