सत्तारूढ दलहरूबीच समझदारी कायम गरेर बजेट पारित गर्ने गठबन्धनको सहमति
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १३:४५:१३
३० जेठ, काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धन बैठकले बजेटप्रति भइरहेको असमझ्दारीलाई उचित तवरले हटाएर बजेट पारित गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा दलहरुबीच बजेटमाथि देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।
बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको र असमझ्दारीलाई उचित तवरले सम्बोधन गरेर अगाडि बढ्ने दलका नेताहरुबीच सहमति बनेको उनले बताए ।
बैठकमा बजेटमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गरेर अघि बढ्ने भएको बताए । बैठकमा नेपालले आफ्नो पार्टीभित्र सरकारको कामकारवाही र बजेटलाई लिएर असन्तुष्ट चुलिएको कुरा राखेका थिए ।
मसख्यगरी बजेटलाई लिएर एकीकृत समाजवादीका सांसदहरुले संसद बैठकमा बजेटमाथिको छलफलमा चरम असन्तुष्ट जनाउँदै सरकार छाड्नु परेपनि यथास्थितिमा बजेट पारित गर्न साथ दिन नसकिने चेतावनी दिएका थिए । सत्तारुढ दल जसपा र आजपाले पनि बजेट विभेदकारी भएको भन्दै विरोध गरेको छ ।
यसबाट प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दलहरु रास्वपा, राप्रपा सरकार ढाल्नबारे चलेखेलमा लागेको चर्चा भइरहेको अवस्थाबीच प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार