वार्ताका लागि पहिचान पक्षधरलाई प्रदेश सरकारको पत्र, वार्ताकाे औचित्यमाथि प्रश्न
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १४:२९:२७
३० जेठ, काठमाडौं । कोशी प्रदेश सरकारले कोशी नाम खारेजीका लागि आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र लेखेको छ । आन्दोलनरत ‘प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’लाई सोमबार साँझ पत्र पठाएको हो ।
पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र नपठाएसम्म वार्तामा नबस्ने अडान लिँदै आइरहेका बेला प्रदेश सरकारले पत्र पठाएको हो ।
गतएको फागुन १७ गते प्रदेशसभाको दुईतिहाई मतले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनका क्रममा सयौं गिरफ्तार र घाइते भएका छन् । घाइतेमध्ये पदमबहादुर लिम्बूको ज्यान गएको छ । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
प्रदेशको कोशी नाम खारेज गरी पहिचानको आधामा नामाकरण नभएसम्म आन्दोलन नरोक्ने अडान लिएपछि एमालेबाट कोशी प्रदेशका मुख्यमन्त्री रहेका हिक्मतबहादुर कार्कीले जेठ २४ गते मन्त्री तिलकुमार मेन्याङ्बो को नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
अहिले मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन् । माओवादी केन्द्रले २३ मा समर्थन लिएपछि अल्पमतमा परेका हुन् । जसपाले त्यसअघि नै समर्थन फिर्ता लिएको थियो ।
विपक्षी दल कांग्रेस, माओवादी केन्द्र लगायतले भने अल्पमतमा परेको सरकारले गर्ने वार्ताको औचित्य नरहेको बताएका छन् । सामान्य बहुमतका सरकार चलाउन ४७ मत आवश्यक पर्छ । तर कार्कीसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ मत मात्र कायम छ ।
एमालेका केन्द्रीय नेतृत्व कोशी नाम परिवर्तन नगर्ने पक्षमा कठोर रुपमा प्रस्तुत हुँदै आइरहेका छन् । तर कोशीमा भने पछिल्लो पटक नरम रुपमा प्रस्तुत भइरहेको छ । कोशी नाममा खुला अडान दोहोर्याइरहेकै कारण पहिचान पक्षधर आन्दोलनकारीले एमालेका नेताहरुमाथि कोशी प्रदेशभित्र सार्वजनिक स्थलमा आक्रमण र कालोमोसो दल्नेसम्मका घटना गराइरहेका छन् । आक्रमणको निशानामा अध्यक्ष केपी शर्मा ओलीसमेत परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार