नक्कली भुटानी शरणार्थी प्रकरण गिरोहका नाइके केशव दुलालको घरजग्गा ‘कब्जा’
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १४:५५:१०
३० जेठ, काठमाडौं । नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका उडाउने प्रलोभनमा पारी सयौं नेपालीसँग करोडौं रुपैयाँ ठगी प्रकरणमा गिरोहका नाइके झापाका केशव दुलालको ललितपुरस्थित घर र जग्गा विप्लव नेतृत्वको नेकपाले एक सार्वजनिक ‘सूचना’ टाँगेर ‘कब्जा’ गरेको छ ।
ललितपुरको हात्तीवनस्थित रहेको निर्माणाधीन घर र घर वरपरको जग्गा ‘कब्जा’ गरेको नेकपा ललितपुरले जनाएको छ । दुलाल प्रकरणमा ठगी, राज्यविरुद्ध अपराध, संगठित अपराध र लिखत कीर्ते गरी ४ मुद्दामा प्रहरी हिरासतमा छन् । उनीसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अहिले थुनछेक बहस चलिरहेको छ ।
सर्वसाधारणलाई झुक्यानमा पारेर अपराधिक कार्य गरी थुपारिएको रकमबाट महंगो घरजग्गा जुटाएको भन्दै स्थानीयको सहभागितामा नेकपाका जिल्ला तहका नेता कार्यकर्ताहरुले ब्यानर र झण्डा टाँगेर सोमबार ‘कब्जा’ गरिएको हो ।
दुलालले ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेर अपराधिक कार्यमार्फत लुटेको धनबाट निर्मित दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन नियन्त्रणमा लिइएको ब्यानरमा उल्लेख छ । दुलाललाई अपराधीको संज्ञा दिँदै ‘अपराधिक’ व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको समेत जनाइएको छ ।
नेकपाले यसअघि पनि सुदखोर, अनुचित लेनदेन र झुक्यानमा पारी तमसुक गराई ‘साहु्’ले हडपेका जमिन, एमसीसीले लिएको जग्गा पनि देशका विभिन्न स्थानमा ‘कब्जा’ गरेको जनाउँदै आइरहेको छ ।
नेकपाले आफूलाइ वर्तमान संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्ष गरिरहेकाे दाबी गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार