४५ डिग्री तापक्रमले पनि रोक्न नसकेको रुपान्तरण अभियान !
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १६:७:२६
३० जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले अहिले तापक्रम उच्च भएर 'लु' चल्न सक्ने भन्दै सर्वसाधारणलाई घर बाहिर ननिस्कन र घरभित्रै बसेर गर्मीबाट जोगिन भनिरहेको छ । काठमाडौंमा भन्दा तराईका जिल्लाहरूमा धेरै गर्मी छ । तर यतिखेर नेपाली कांग्रेसका युवा नेताहरू पैतालिस डिग्रीको बल्दो तापक्रममा पनि आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी देशभर पार्टी रुपान्तरण अभियानमा सक्रिय छन् ।
कांग्रेस नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे, इन्द्र रिजाल, भरत खड्का, बिक्रम खनाल लगायतका नेताहरू यति बेला यो अभियानलाई अगाडि बढाइरहेका छन् । साथमा नरेन्द्र केरुङ, भूपेन्द्र थापा, धर्मेन्द्र नेम्वाङ, बिजुला बर्मा, विष्णुदेवी पाण्डे, रिता शाही, विक्रम खनाल, लक्ष्मी पाण्डे, सुवास लोहनी, नबिन श्रेष्ठ, तेजेन्द्र भटराईसहितका नेताको पनि सहभागिता निरन्तर छ ।
मौसमको प्रतिकुलताबीच पनि यो अभियान चलाउने नेताहरू भन्छन्, जसरी तापक्रम बढेको छ त्यसै गरी हाम्रो मनमा पनि कांग्रेसलाई बदल्ने, परिवर्तन गर्ने र सुधार गर्ने मन ताप बढेको छ । कांग्रेसलाई रुपान्तरण गर्ने हामो मनमा आगो बलेको छ, हुटहुटी चलेको छ । बाहिरी तापक्रमले भन्दा हामीलाई कांग्रेस सुधार्नुपर्ने रापले बढी सेकेको छ ।
मुख्य गरी नेतृत्वको पार्टी सञ्चालन शैलीसँग असहमत हुँदै दवाव बढाउन र पार्टीलाई रुपान्तरण गर्न यो अभियान अगाडि बढाएको नेताहरू बताउँछन् । पार्टी रुपान्तरणका लागि बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अभियान सकाएको जानकारी अभियानकर्ता भुपेन्द्रजंग शाहीले नेपालबहसलाई दिए । अब यो अभियान कोशी प्रदेशमा केन्द्रित हुने शाही बताउँछन् ।
संरचना र शैली नबदल्ने हो भने पार्टी झन् कमजोर हुने र नयाँ दलको चुनौती सामना गर्न नसक्ने भन्दै पार्टी नेतृत्वलाई जानकारी गराएरै अभियान शुरू गरेको उनले बताए । तर, पार्टी नेतृत्वले भने उनीहरूको अभियानमाथि प्रश्न उठाएको छ । रुपान्तरण अभियानका अभियानकर्ता गुरुराज घिमिरे ६ वटा प्रदेशमा सकाइएको अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको र थुप्रै समस्या पहिचान भएको बताउँछन् ।
उनले भने, ‘हामीले मुख्य गरी ६ प्रदेशको केन्द्रमा ठूला अन्तरक्रिया गर्यौं । यी कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व र पार्टी सरकारमा हुँदा भइरहेको कमजोरीलाई प्राथमिकताका साथ उठाउनुभएको छ । ठूलो पार्टी भएर सरकारमा सहभागी हुँदा समेत नतिजा नपाएका हामी तपाईँहरूका समस्या के छन् भनेर पुग्दा उत्साहपूर्वक प्रस्तुत भएका छन् ।’ त्यसपछि जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम लिएर जाने उनीहरूको तयारी छ ।
अर्का अभियानकर्ता भुपेन्द्रजंग शाही सम्भावित चुनौतीलाई लिएर देशभर पुग्दा कार्यकर्ताले भावना पोख्न पाएको टिप्पणी गर्छन् । उनका अनुसार पार्टीका नेताको परम्परागत शैली, विवाद, गुटबन्दी देखेर कार्यकर्ता आजित भएका छन् । नयाँ दल चुनौतीको रूपमा उभिएको भनेर मुख्य सुझाव आएको उनको भनाइ छ ।
शाहीले भने, ‘पार्टीको कुनै कार्यक्रम नहुँदा हाम्रै रुपान्तरण कार्यक्रम पार्टीको अफिसियल कार्यक्रम जस्तो भएको छ । कार्यकर्ताले आक्रोश, भावना पोख्न पाएका रहेनछन् । हामीले हजारौँलाई मञ्च दियौं । आक्रोश र पोख्ने र भावना राखेर शान्त हुने मौका कार्यकर्ताले पाएका छन । ठूलो पार्टी भएर पनि सरकारले जनजीविकाका लागि प्रभावकारी काम गर्न नसकेको, पार्टीका संरचनाले प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा मुख्य चिन्ता भएको पाएका छौं ।’
सात प्रदेशका ७ ठूला अन्तरक्रियामा एक ठाउँमा एक सय जना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको शाहीले बताए । अभियान सकिएपछि सहभागीका गुनासा र पार्टी प्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने उनको भनाइ छ । अभियानका क्रममा पार्टी ठूलो भएको रमितामा बसेको तर नयाँ दलले चुनौती बढाएकोप्रति सजग नभएको पाइएको उनले बताए ।
अहिले कांग्रेस ठूलो पार्टी र सत्तामा भएजस्तो छ, तर भोलि कांग्रेस हार्ला कि भन्ने चिन्ता धेरैमा देखिएको उनले बताए । उनले कांग्रेसमा नेताहरू सुस्ताउँदै गर्दा चुनौती बनेर नयाँ दल उभिएको र समयमा सचेत नभए कांग्रेससँगै आफूहरु पनि डुब्ने बताए । कार्यकर्ताको भावना पनि पार्टी नसुध्रिए अवस्था अनुकूल छैन भन्ने नै छ, पार्टी नसुध्रिए २०८४ को चुनाव कांग्रेसका लागि कठिन हुने मत यो अभियानका क्रममा आफूहरूले प्राप्त गरेको उनको भनाइ छ ।
अभियानकर्ताहरुले धेरैले अब यसरी नचल्ने र अर्को महाधिवेशनमा आउन धेरै समय लाग्ने भएकोले विशेष महाधिवेशन गरेर जानुपर्छ भन्ने सुझाव पनि आएको बताएका छन् । पार्टीको संगठन सुधार्ने, संरचनालाई व्यवस्थित गर्ने, पार्टी सरकारमा हुँदा जनजीविकाका सवालमा राम्रो काम गर्नुपर्ने, भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने मुख्य सुझाव उनीहरूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार