नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिटमा सुनुवाइ भएन
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १६:१६:४१
३० जेठ, काठमाडौं । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित भएर बनेको संशोधित नागरिकता ऐनविरूद्ध परेको रिट सुनुवाइका लागि आज न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा पेसी चढेको थियो । तर सर्वोच्च प्रशासनले उक्त रिट ‘हेर्न नभ्याइने’मा राखेको छ ।
दिउँसो खाजापछि सुनुवाइ गर्ने भनिएपनि प्रशासनले रिट हेर्ने नभ्याएको भन्दै आफ्नो वेभसाइटमा उक्त सूचीमा राखेको हो ।
रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले पनि यस रिटमाथि बहस गर्न दिनभरि चाहिने माग गरेपछि आज सुनुवाइ नगरिएको हो । खाजा समयपछि यो रिटभन्दा अघि अर्कै २ वटा रिटमा सुनुवाइ हुने रोलक्रममा छन् । सुनुवाइका लागि भोलि बुधबारलाई पेसी तोक्ने संभावना रहेको छ ।
यसअघि जेठ १२ गते न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
प्राकृतिक स्रोतको सलामी रकम : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार