प्रचण्ड-बाबुरामविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश अझे आउने
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १६:३३:८
३० जेठ, काठमाडौं । तत्कालीन नेकपा (माओवादी)ले चलाएकाे सशस्त्र संघर्षको समयमा बालबालिकालाई सैनिकको रुपमा युद्धसम्बन्धी जोखिमयुक्त सामान बोक्ने र ढुवानीका काममा लगाएर बालअधिकारको हनन गरेको भन्दै ‘यसद्धअपराध’ कसुरमा कारवाहीका लागि प्रधानमन्त्री प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च आदलतमा दायर रिटमाथि सुनुवाइ सुरु भएको छ । रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ जारी छ । रिट पक्षका कानून व्यवसायीहरूले बहस गरिरहेका छन् ।
पूर्वबाल लडाकु काभ्रेका लेनिन विष्टसमेतले जेठ २८ गते रिट दर्ता गराएका थिए । सशस्त्र संघर्षका बेला प्रचण्ड सर्वोच्च कमाण्ड र बाबुराम जनसरकारका प्रमुख थिए । १० वर्षसम्म चलेको हतियारबन्द संघर्ष २०६३ मंसिर ५ मा तत्कालीन कांग्रेस नेतृत्वको सरकारसँग शान्ति सम्झौत भएपछि दुवै नेता संसदीय व्यवस्थामा सामेल छन् ।
प्रचण्ड अहिले प्रधानमन्त्री छन् । उनी यसअघि २ पटक प्रधानमन्त्री भइसकेका छन् । भट्टराई पनि एक पटक प्रधानमन्त्री (२०६७) भइसकेका छन् । युद्धमा आफूहरुलाई हिँडाएर पढ्न लेख्ने अवसरमा विमुख गराई अधिकारबाट वञ्चित गराइएको भन्दै न्याय र क्षतिपूर्तिका मागसहित रिट दायर गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्याय परिषदद्वारा उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा
असोज ११, २०८१ शुक्रबार
बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार