काठमाडौं महानगर र अखिल क्रान्तिकारीबीच टक्कर, क्रान्तिकारीले लगाएको ताला नगरप्रहरीले तोड्यो
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १७:५६:३२
३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यालयमा लगाएको ताला तोडिदिएको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले महानगरभित्रका विभिन्न विद्यालयमा लगाएको मंगलबार नगर प्रहरी बलले तोडेका हुन् ।
नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कूलमा लगाएको ताला हम्मर र ग्रेण्डरको सहायताले तोडेका छन् ।
विद्यालयले शैक्षिक गुणस्तर कायम नराखेको, अभिभावकसँग चर्को शुल्क असुलेको, पोशाकमा कमिशन खाएको जस्ता आरोपमा तालाबन्दी गरिएको थियो । ताला तोडिएपछि महानगरका मेयर बालेन साहले आफू शैक्षिक गुणस्तर कायम गराउन र चर्को शुल्क लिनबाट रोक लगाउन क्रियाशील रहेको भन्दै विद्यालयमाथि गुनासो भए महामनगरसामू राख्न संगठनहरुलाई आग्रह गरेका छन् ।
तालाबन्दी गरेर समस्या समाधान नहुने भन्दै जारी तालाबन्दी फोडेर विद्यालयमा पठनपाठन सुचारु गरिएको उनले बताए । यसअघिदेखि नै उनले शैक्षिक संस्थाभित्र राजनीतिक कार्यक्रम चलाउन नपाइने र तालाबन्दी गर्न नदिने बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार