प्रधानमन्त्री प्रचण्डले गरे सभामुख घिमिरेको भूमिकामाथि आशंका
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार ११:५६:०
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेको भूमिकाप्रति शंका व्यक्त गर्न थालेका छन् । उनले जेठ १७–२० सम्म भारतको औपचारिक भ्रमण सकेर फिर्ता भएपछि भ्रमणका उप्लब्धिबारे देशभित्र उठेका प्रश्नको प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट जवाफ दिने क्रममा सभामुख घिमिरेले आफूलाई बोल्न रोकेर तल बसेका माननीयहरुलाई बिचैमा बोल्न दिएका प्रति असन्तुष्ट जनाएका छन् ।
बुधबार बिहान उनी नेतृत्वको माओवादी केन्द्र निकट पत्ररकारहरुको संगठन प्रेस सेन्टरको टोलीको ध्यानाकर्षणपत्र बुझेपछि भएको कुराकानीमा आफ्ना गुनासा राखेका छन् । उनले सदन र सरकारमा आफूमाथि घेराबन्दी भइरहेको र त्यसलाई चिर्न एक्लो सेना अर्था ‘वान म्यान आर्मी’ बन्नुपरेको बताए ।
भारत भ्रमणदेखि देशभित्र काम गर्दा निरन्तर रुपमा राम्रो र जनपक्षीय परिणाममा लागि गरिरहेको भन्दै सकारात्मक कामको प्रचार जनतासम्म पुर्याउने काममा भने उल्लेख्य परिणाम हासिल हुन नसकिरहेको बताए । त्यसनिम्ति संचारकर्मीहरुले डटेर काम गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले राम्रो कामको नतिजा र उप्लब्धि जनतासामु पुर्याउन तीव्रतामा काम गर्न समेत टोलीमा सहभागी पत्रकारहरुलाई निर्देशन दिए ।
सभामुख घिमिरे एमाले र उपसभामुख इन्दिरा रानामग रास्वपाको भागबाट निर्वाचित भएका हुन् । उनले मुख्यरुपमा पछिल्लो समय घिमिरेमा पक्षधरता प्रकट हुन थालेको अनुभूत उनले गरेका छन् । उनले प्रमुख प्रतिपक्षी एमाले र तिनका नेतृत्व जहाँ पनि जहिले पनि लोकतन्त्रको मूल्य, मान्यता ध्वस्त पार्न अग्रसर रहेको बताउँदै प्रम् प्रचण्डले भने, ‘म मञ्चमा बोलिराखेको छु, हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु, तल बसेका मान्छेहरुले बोल्नै नदिने, त्यसमा रोक्ने काम भएन, सभामुखबाट उल्टै मलाई पो बोल्न रोक्ने काम भयो । त्यो त सभामुखबाट गर्नै नहुने काम गरे ।’
संसदयीय प्रणालीमा प्रश्नकर्ताले सोधेका प्रश्नको जवाफ दिन अनुमति पाएपछि बिचमा तिनै प्रश्नकर्तालाई घरिघरि प्रश्न गर्न दिइएपछि जवाफ दिनेमाथि बलियो घेराबन्दी हुन जाने कुरा टोलीसँग राखेका थिए । ‘आफूले अगाडिका प्रश्नको जवाफ दिइसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुन सक्छ, तर त्यहाँ बोल्दाबोल्दै आफूलाई अपमानित गरियो’ उनको भनाइ थियो । सबै कुरा भन्छु, गर्छु भन्दा पनि संसदमा अपमानित हुनुपर्दा नमिठो लागेको उनले बताए । खास मान्छेमा सांस्कृतिक मान्यता, नैतिकता केही नरहेको र यो कुरा सदनमा छ्याङ्गै देखिएको उनले बताए । मिलेर जाने नाममा सभामुखबाट सदनमा हुँदै नभएका विषयहरु छिराउने काम भइरहेको बताए ।
भारत भ्रमणमा गरिएका नेपाल–भारतबीचको सम्झौतालाई लिएर मुख्यगरी प्रमुखप्रतिपक्षी एमालेका अध्यक्षसहित सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्ड जेठ २२ गते प्रतिनिधिसभाको बैठकमा सभामुखको अनुमतिमा रोष्ट्रममा उभिएर जावफ दिने क्रममा सुरुवाती चरणमै एमालेका सांसदहरुले होहल्ला गरेर बोल्न बाधा पुर्याउँदा सभामुख घिमिरेले प्रधानमन्त्रीलाई नै रोकेर एमाले लगायत रास्वपा, राप्रपाका सांसदहरुलाई बोल्न दिएका थिए । जसका कारण घिमिरेको भूमिकाको निष्पक्षतबारे प्रश्न उठ्न सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बुधबार प्रेस सेन्टर नेपालले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई पेस गरेको न्यूनतम पारिश्रमिक आउँदो आवबाट लागू गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न लगायत संचार क्षेत्रका विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारे ध्यानाककर्षण पत्र बुझाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार