लोकसेवाको परीक्षाका नक्कली परीक्षार्थी र नक्कली खडा गर्ने परीक्षार्थी २ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १२:३५:१४
३१ जेठ, काठमाडौं । रुपन्देहीमा लोकसेवाको परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनीहरुलाई अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको रुपेन्देही प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ का ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँका ३० वर्षीय नारायण यादव रहेका छन् । शर्मा कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल र यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत रहेको पाइएको छ ।
लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेशी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित कीर्ते सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।
परीक्षामा अर्काको नामबाट परीक्षा दिने नक्कली र नक्कली खडा गराई परीक्षा दिन लगाउने काम गरेर कीर्ते र बेइमानी गरेको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार