अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १३:३:५७
३० जेठ, काठमाडौं । बिरामीका आफन्तले अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीहरुमाथि कुटपिटको धम्की दिएको भन्दै गोकर्णेश्वर नगरपालिकाकाे अत्तरखेलमा संचालित नेपाल मेडिकल कलेजले ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
शुत्रबार अस्पताल प्रशासनले एक सूचना निकालेर तोडफोडमा संलग्नलाई पक्राउ गरी कारवाही तथा स्वास्थ्यकर्मीमाथि कुटपिटको धम्की दिनेहरुलाई कानूनी दायरामा नल्याउँदामा इमरजेन्सी सेवाबाहेक आपीडी (बहिरंग)का सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।
यही जेठ २८ गते गोकर्णेश्वर नगरपालिका–७१ माकलबारीका वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएकामा दुई दिनपछि ३० जेठमा धितालको अपतालमा मृत्यु भएको थियो ।
सोही विषयलाई लिएर मृतकका आफन्तले अस्पताल हाताभित्र नाराजुलुस, हुलहज्जत गरी अस्पताले तोडफोड र चिकित्सक, नर्स तथ कर्मचारीलाई कुटपिट गर्ने धम्कीसहित अपशब्द प्रयोग गरी शान्ति सुरक्षा बिथोलेको प्रशासनको दाबी छ ।
मृतकका धितालका आफन्तबाट अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपटि गर्ने अप्रिय शब्द प्रयोग गरी अस्पताल सुचारु हुन नदिने काम भएको जनाउँदै अस्पतालले भनेको छ। ‘तत्काल यस्ता अवाञ्छित तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार