ऊर्जाको पहुँच नपुगेका दुर्गम स्थानमा उज्यालोका लागि टुकीकै भर
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १३:४९:२
३१ जेठ, गलकोट । विद्युत् तथा नवीकरणीय ऊर्जाको पहुँच नपुगेका बागलुङका दुर्गम स्थानका केही घरमा उज्यालोका लागि टुकीकै भर छ । सरकारले आयातीत इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत खपत वृद्धि गर्ने लक्ष्य लिए पनि जिल्लाका कतिपय घरमा अझै उज्यालोका लागि टुकीको नै भर पर्नुपर्ने वाध्यता रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङमा दुई सय १४ परिवार उज्यालोका लागि टुकीकै भर परेको तथ्याङ्क कार्यालयले जनाएको छ । जिल्लाको दुर्गम स्थानमा अझै केन्द्रीय विद्युत मात्रै होइन स्थानीय विद्युतसमेत पुग्न नसक्दा उज्यालोको सहारा टुकी रहेको पाइएको छ । हालै सार्वजनिक गरिएको जिल्लाको तथ्याङ्कअनुसार उज्यालोका लागि टुकीको प्रयोग गर्ने सो सङ्ख्याका परिवार रहेको तथ्याङ्क कार्यालयका प्रमुख चन्द्रकान्त पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार जिल्लामा धमाधम विद्युतीकरण भए पनि अझै उज्यालोका लागि टुकीकै भर पर्ने परिवारसमेत रहेको पाइएको छ । जनगणनाका क्रममा उज्यालोका लागि प्रयोग गर्ने इन्धनमा नखुलेका चार सय २३ परिवारले समेत गुइँठासहित अन्य घरेलु इन्धनको प्रयोग गर्ने गरेको पाइएको छ ।
उनका अनुसार जिल्लामा चार सय २३ परिवार बिजुली, सोलार, बायोग्यास र मट्टितेलको पहुँचभन्दा समेत टाढा छन् । उनले भने, “उनीहरूले कुनै इन्धन नै प्रयोग नगरेको गणकहरुलाई बताएका छन्, उनीहरू स्थानीय इन्धनको प्रयोग गर्ने र अन्धकारमा बस्ने हुन सक्छन् ।”
अहिलेको जनगणनाअनुसार जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ । त्यसमध्ये ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छ भने एक हजार दुई सय २० परिवारले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका छन् । जिल्लाभर जम्मा ११ परिवार बायोग्यासको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्याङ्क रहेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन । स्थानीय खोलाको विद्युत्ले जिल्लाको पश्चिम भेग उज्यालो भए पनि विकट गाउँका टोलमा विद्युत्को पहुँच पुग्न नसकेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए ।
उनका अनुसार जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा विद्युतीकरण विस्तार गर्न थालिएको छ । उनले स्थानीय विद्युतको समेत पहुँच नपुगेको गलकोटको रमुवा, निसीखोलाको निशेलढोर, बडिगाडको सिसाखानी तथा तमानखोलाको नर्जा र खुङ्खानीका केही पातलो बस्ती रहेको बताए ।
विद्युत प्राधिकरणले जिल्लाका सबै स्थानमा विद्युत पुर्याउनुका लागि काम गरिरहेको र जिल्लाका १० पालिकामध्ये निसीखोला र तमानखोलामा बल्ल केन्द्रीय प्रशासरण लाइन विस्तारको काम थालिएको मरासिनीको भनाइ छ । यस्तै, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा केन्द्रीय विद्युत पुग्न सकेको छैन ।
स्थानीय खोलाबाट उत्पादन गरिएका लघु जलविद्युत् आयोजनाबाट ती पालिकामा विद्युतीकरण गरिएको भए पनि छरिएको बस्तीमा विद्युत पुग्न नसकेको प्राधिकरणले जनाएको छ । सरकारले आगामी दुई वर्षभित्र सतप्रतिशत जनसङ्ख्या विद्युतको पहुँचमा पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार