प्रस्तावित प्रन्या कार्कीविरुद्धको सुनुवाइमा सामूहिक उपस्थिति पाउनुपर्ने उजुरीकर्ताको ढिपी
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १४:६:४
३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा हुने सुनुवाइमा आफूहरुलाई सामूहिक सहभागी गराउने ढिपी उजुरीकर्ताहरुले गरेका छन् ।
उनीहरुले आजै मात्र समितिलाई ५ पृष्ठ लामो निवेदन लेखेर सुनुवाइ समितिको बैधता र निष्पक्षतामाथि प्रश्न गर्दै सुनुवाइमा सामूहिक उपस्थिति पाउनुपर्ने माग गरेका छन् ।
समितिले भोलि बिहीबार कार्कीविरुद्ध परेका २९ उजुरीमाथि कार्कीसँग प्रष्टिकरण लिने तालिका छ । त्यसको अघिल्लो दिन समितिले सभापति चयन नभइसकेकाले ज्येष्ठ सदस्य सांसद पशुपति शमरेस जबराको सभापतित्वमा बसेको बैठकमा उजुरीकर्ताहरुसँग छलफल गरिरहेको छ । सो क्रममा उजुरीकर्ताहरुले कार्कीसँगैको छलफलमा सामूहिक रुपमा सहभागी हुन पाउनुपर्ने ढिपी गरेका छन् ।
उजुरीकर्ताले समितिको वैधतामाथि नै प्रश्न उठाएका छन् । संसदबाट पारित ‘संघीय संसदको सयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०८०’ नेपाल राजप्रत्रमा प्रकाशित भइनसकेको अवस्थामा समितिले सुनुवाइ गर्न नसक्ने जिकिर उनीहरुको छ । नियमावली प्रमाणिकरण र राजपत्रमा प्रकाशति भए नभएको बारे संसद सचिवालयले जवाफ दिन नसकेको समेत उनीहरुले बताएका छन् । आफूहरुले समितिका सदस्यबाटै ‘पेशेवर उजुरीकर्ता’ भनिएको भन्दै आपत्ति समेत जनाए ।
उनीहरुले कामु कार्की प्रधानन्यायाधीले राजनीतिक भागबण्डाबाट न्यायाधीशमा नियुक्ति पाएका कारण स्वच्छ छबिका नभएको र उनीबाट हुने न्याय सम्पादन निस्वार्थ, निष्पक्ष र स्वतन्त्र हुन नसक्ने जिकिरसहित उजुरी दिएका छन् । सुनुवाइ समितिकै वैधतामाथि प्रश्न उठिरहेको अवस्थामा उजुरीकर्ता बैठकमा बेग्लाबेग्लैै उपस्थित भएर उजुरीबारे बताइरहनु औचित्यपूर्ण नहुने तर्क उनीहरुले गरेका छन् ।
कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुनविहीन अवस्थामा भएकाले सिफारिस खारेज गर्नुपर्ने उनीहरूकाे माग छ ।
समितिको कार्यालयमा उजुरीकर्तासाथ ‘अभियन्ता’ तारा बराललगायत अन्य व्यक्तिहरु हुल बनाएर पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार