नक्कली भूटानी शरणार्थी प्रकरणमा सुरक्षा संयन्त्र चेन अफ कमान्डभन्दा बाहिर गएको छैनः गृहमन्त्री
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १५:५:११
३१ जेठ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन् । उनले चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन नसक्ने भन्दै अहिलकोे चेन अफ कमान्डलाई सुदृढ रहेको बताएका छन् ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा श्रेष्ठ शान्तिसुरक्षा आम नागरिकसँग मात्र सम्बन्धित नभई राजनीतिक परिवर्तनको औचित्य र दिगोपनसँग जोडिएको विषय होे भएको बताए । मुलुकको भू–राजनीतिक संवेदनशीलता र राष्ट्रको सुरक्षा समेतलाई ध्यान दिएर शरणार्थीलगायतका विषयमा आवश्यक नीति लिइने जानकारी दिए ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले स्वतन्त्र, निष्पक्ष छानबिन र अनुसन्धान गरी अभियोजनका लागि अदालतमा पुर्याएको उनको दावी छ । निर्धारित कार्य प्रक्रियाबाट अनुसन्धान बाहिर नगएको स्पष्ट गृहमन्त्री श्रेष्ठको जिकिर छ । गृहमन्त्री श्रेष्ठले कोही निर्दाेष डराउन नपर्ने र दोषी तथा अपराधकर्ममा संलग्नलाई सरकारले नछोडने भन्दै निर्दाेष कोही आतंकित हुन नपर्ने बताए ।
देशको परराष्ट्र र राष्ट्रिय सुरक्षा नीतिका सम्बन्धमा राष्ट्रिय एकता कायम गर्नुको साटो दलगत स्वार्थका आधारमा बोल्नु, आलोचना र व्यवहार गर्नु उपयुक्त नहुने बताउँदै उनले सार्वभौमिकता, राष्ट्रियहित र सुरक्षालाई कमजोर तुल्याउने कार्यमा कोही पनि संलग्न हुन नहुने धारणा राखे ।
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रको संख्या बढाउन कोसिस भइरहेको र समनिकटताका आधारमा छिमेकीसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सरकार पनि उत्तिकै दृढ रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । शान्ति सुरक्षा र अमनचयन सरकारको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै उनले राष्ट्रिय एकता कायम गर्ने सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
स्वतन्त्र परराष्ट्र नीतिका माध्यमबाट छिमेकी मुलुकसँग पारस्परिक हितका आधारमा असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सरकार दृढ रहेको जनाउँदै उप्रप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा प्रवद्र्धनका निम्ति राष्ट्रिय सहमति र एकतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको बताए । उनले सरकार राष्ट्रिय हित र एकतालाई केन्द्रविन्दुमा राखेर काम गर्न प्रतिबद्ध रहेको दावी गरे ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको आशय नभएको स्पष्ट गर्दै गृहमन्त्री श्रेष्ठले ती कार्यालय खारेज नभएको र निर्वाचन कार्यालय छुट्टै रहने बताए । निजामती कर्मचारीलाई दलगतरुपमा हेर्ने दृष्टिकोण आफैँमा घातक रहेको बताउँदै उनले राजनीतिक दृष्टिकोणका आधारमा कर्मचारीलाई कुनै विभेदको व्यवहार नगरिने स्पष्ट पारे ।
सदस्यहरुको एक प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने सरकार स्वेच्छाचारी बन्ने दिशातर्फ जाँदैन, लोकतन्त्रको पक्षमा दृढ रहन्छ । कमी कमजोरी सच्याउँदै अघि बढछ । नागरिकताको प्रमाणपत्र नपाएर पीडा भोगिरहेकालाई छिटोभन्दा छिटो नागरिकता उपलब्ध गराउन सरकार दृढ भए पनि अदालतको निर्णय मान्नै पर्ने बाध्यता रहेको हुँदा यसका विषयमा अदालतबाट छिटो सुनुवाइ होस् भन्ने सरकारको चाहना रहेको उनले स्पष्ट गरे ।
यसअघि बैठकमा सदस्यहरुले सीमा क्षेत्रमा तैनाथ प्रहरीका चौकी भौतिक पूर्वाधारका हिसाबले कमजोर रहेको, सरकार परिवर्तनसँगै कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको तथा जनता महँगीको मारमा परको तथा नागरिकता समस्याका कारण धेरै युवायुवती अप्ठेरोमा परेको भनी त्यस विषयमा सरकारको धारणा माग गरेका थिए । उनीहरुले जनजीविका, सरकारी क्षेत्रमा देखिएको विसङ्गति र बेथिति, सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा सरकारका कदम र सफलताबारे गृहमन्त्रीसँग जिज्ञासा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार