जिल्ला निर्वाचन कार्यालय हटाउने बजेट नीतिप्रति गृहमन्त्रीको फरक मत
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १५:९:१८
३१ जेठ, काठमाडौ. । यही जेठ १५ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने नीतिप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भिन्न प्रतिक्रिया दिएका छन् ।
बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा धारणा राख्ने क्रममा मन्त्री श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय हटाउने र जिल्ला प्रशासन कार्यालयअन्तर्गत राख्ने भनिएको बजेट नीति बजेट वक्तव्य प्रिन्ट भएर आउँदा मात्र देखिएको बताएका छन् ।
अर्थमन्त्रीको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भन्ने शब्द परेको भएपनि सरकारको आशय खोरजी गर्ने नरहेको र प्रिन्ट भई आएको बताए ।
मन्त्री श्रेष्ठले चालु आवमा राजश्वको सङ्कलन अपेक्षा गरेको भन्दा कम भएको र ऋण भुक्तानीको मात्राको अनुपात बढ्दै गएकाले साधारण खर्चमा मितव्ययिता अपनाउन नीति सरकारको रहेको बताए । उनले भने, ‘जहाँ जहाँ हामीले खर्च घटाउन सकिन्छ, खर्च घटाउने नीतिअन्तर्गत अघि बढ्नुपर्छ भनेर हामीले आमनीति बनाइयो । बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू नै खारेज गर्ने भन्ने जस्तो प्रिन्ट भई आयो । तर प्रिन्टमा जस्तो देखियो, त्यो सत्य होइन ।’
संघीय संसद अन्तर्गत राष्ट्रियसभा र प्रतिनिधिसभाका अधिकांश सांसदहरु जिल्ला निर्वाचन कार्यालय खारेजी निर्णयको प्रतिवादमा उत्रिएका छन् । निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा दलहरु कार्यालय कायमै राख्ने निर्णयमा एक ठाउँमा उभिएका छन् ।
औचित्यको हिसाबले निर्वाचनका जिल्ला कार्यालयहरू खारेज गर्ने पक्षमा सरकार नरहेको उनको धारणा छ । नीति सार्वजनिक भएपछि चौतर्फी विरोध हुँदा अर्थमन्त्री डा. महतले भने खारेज नभई सीडीओ कार्यालयभित्र इकाइ बनाएर संचालन गर्न सकिने भनिएको प्रष्टिकरण दिँदै आएका छन् ।
अर्को प्रसंगमा मन्त्री श्रेष्ठले सरकारले छिटोभन्दा छिटो संविधानले सुनिश्चित गरेको नागरिकलाई नागरिकता दिने कुरामा दृढ रहेको बताए । सरकारले नागरिकताको विषयलाई टुंग्याइसकेको भएपनि सर्वोच्च अदालतले अल्पकालीन आदेशले रोकिएको बताउँदै यो विषय चाँडो फैसलामा पुग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार