मेयर हर्क राईविरुद्धको रिटमा उच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १८:१२:५६
३१ जेठ, मोरङ । उच्च अदालत विराटनगरले सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिट निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्ष सरह काम गर्दै आएको भन्दै परेको रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । धरान खानेपानी बोर्ड अध्यक्षविहीन रहेको छ ।
हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जारी गरेको उक्त आदेशमा रिटका दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार