संसद भवनअगाडिबाट नेविसंघका कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १८:१८:३७
३१ जेठ, काठमाडौं । उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐनको माग गर्दै नयाँबानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने नेविसंघका दर्जन विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो उनीहरुले प्रदर्शन गरेका थिए । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थी रहेका छन् ।
नेविसंघका अनुसार गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत विद्यार्थी नेताहरु रहेका छन् । पक्राउ परेका सबैलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ । कागज गरेर छाड्ने तयारी प्रहरीले गरेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार