कैलाली कारागार लागुऔषध र जुवा अखडामा परिणत
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:४८:८
३२ जेठ, काठमाडौं । कैलालीको प्रहरी कमाण्ड कमजोर हुँदा त्यहाँका कारागारमा जुवा खाल र मदिरा सेवनको अखडा बनेको छ । लामो समयदेखि त्यहाँ रहेका कैदीले कारागारलाई जुवा खाल र मदिरा तथा लागूऔषध सेवन गर्ने सुरक्षित थलोको रुपमा प्रयोग गरेका छन् । त्यति मात्र होइन कैदीहरूबीच झगडा समेत हुने गरेको छ ।
कैलालीको जिल्ला कारागारमा लागूऔषधको सेवन, कारोबार, कुटाकुट भएको भिडियो बाहिरिएको छ । जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको, लागूऔषध सेवन गरिएको र मदिरा बिक्री वितरण गरिएको, तास खेलिएको जस्ता अनैतिक गतिविधि भएको भिडियो सार्वजनिक भएको हाे । हाल कैलालीमा एसपी देवेन्द्र पालको कमाण्ड रहेको छ ।
कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका कैदीहरू र चौकीदारहरूबीच कुटाकुट भएको थियो भने उनीहरूले नै कारागारभित्रै रक्सी सेवन गरेको, तास खेलेको तथा मदिरा सेवन गरेका थिए ।
सो भिडियो सार्वजनिक भएपछि अहिले डिउटीमा खटिएका नेपाल प्रहरीका नायव प्रहरी निरीक्षक 'सई' चरन बूढाथाकी, असई योगेन्द्र बोहोराको सरुवा भैसकेको छ । प्रहरी स्रोतका अनुसार भूपेन्द्र हत्या काण्डका कैदीहरूको कुटपिटमा परी कारागारका आउटडोर चौकीदार सन्तोष कुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरू पनि घाइते भएका थिए । सो काण्डपछि केही दिन अघि १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट सरुवा गरिएको छ । उनीहरूलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो । तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरू भने कैलाली कारागारमै छन् ।
उनीहरूले कारागारभित्रै दादागिरी गर्ने र गुण्डागर्दी गर्ने गरेको बताइन्छ । भुपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन । कैलाली लम्कीका युवक बडुवालको केही वर्षअघि टीकापुरमा लखेटी–लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
कारागार स्रोतका अनुसार, बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्कासहितको समूहले जेलर पदम तिमल्सेनालाई प्रभावमा पारेर त्यहाँ रहेका अन्य कैदीमाथि आक्रमण गर्ने र रक्सी र गाँजा खाने गरेको स्रोतको दावी छ । कारागारभित्र १०० रूपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि १० हजारसम्म र एक खिल्ली गाँजा १०० रूपैयाँमा किनबेच हुने गरेको स्रोतले जनाएको छ । कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन् । तर नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा मोबाइल भित्र छिराइएको पनि बताइन्छ ।
कारागारभित्र रक्सी, चुरोट, गाँजा जस्ता अम्बलजन्य पदार्थ सेवन गर्न पाइँदैन । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले केही दिन अघि सामान्य झगडा भएको र त्यहाँका केही कैदीलाई अर्को कारागारमा सारिएको जानकारी दिए । ‘सामान्य झडप भएको रहेछ त्यहाँका केही सुरक्षाकर्मीलाई फिर्ता पठाइएको ल्याइएको छ र केही कैदीलाई सरुवा गरिएको छ’, प्रमुख जिल्ला अधिकारी कट्टेलले भने ।
कैलालीमा अहिले जेलर, पुलिस, नाइके र आउट डोरवालासहितको मिलोमतोमा कारागारभित्र बेथिति मौलाउँदै गएको छ । ‘अहिलेको जेलर लास्टै क्रप्ट छ । भित्रै कैदीहरूलाई फोन दिने, ड्ग्स, गाँजा, चरेश दिने, भित्रै कोठा बनाएर बिक्री गर्ने, मासिक रुपमा कैदीहरूबाट आर्थिक असुली गर्ने, कही कतै गुनासो गरे कुटपिट गर्नेसम्मका घटना हुने गरेका छन्’, कैलाली कारागार स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार