प्रस्तावित प्रधानन्यायाधीश कार्कीले समितिमा बुझाए कार्ययोजना, शुक्रबार सवाल जवाफ
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार ११:२९:१४
३२ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिमा आफ्नो भावी कार्य योजना पेस गरेका छन् । उनले अदालतहरूमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताएका छन् ।
बिहीबार संसदीय सुनुवाइ समितिमा भावी प्रधानन्यायाधीशका रूपमा कार्य योजना प्रस्तुत गर्दै कार्कीले न्यायपालिका प्रतिको आस्था र विश्वास अभिवृद्धि गर्ने बताएका हुन् । उनले न्यायिक सुशासनका लागि उच्च प्राथमिकता दिने र विकृति विहीन न्यायपालिका आफ्नो प्राथमिकतामा रहेको भनाइ राखेका छन् ।
कार्कीले अदालतमा विचौलियाको गतिविधि निगरानी र नियन्त्रणका लागि मुद्दासँग असम्बन्धित व्यक्तिहरूलाई प्रवेश निषेध गर्ने पनि उल्लेख गरेका छन् । कार्कीले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि न्याय निरुपणमा सहज भएको दावी गरेका छन् । उनले गोला प्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताएका छन् ।
कार्कीसँग प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम शुक्रबार ८ बजेलाई राखिएको छ । आजै संसद बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए । शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ ।
आजको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्ना अनुभव सुनाएका थिए । कार्कीले आजको बैठकमा आफ्नो कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज बिहीबार बिहानका लागि सुनुवाइ तोकिएको थियो ।
गत वैशाख २५ गते संवैधानिक परिषदबाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए राष्ट्रपतिबाट नियुक्त हुनेछन् । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो । वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस कार्कीमाथि यति बेला सुनुवाइ चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार
आवश्यक परे हप्तामा तीनदिन संवैधानिक इजलास आवश्यक राख्न सकिन्छः न्यायाधीश ढुंगाना
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार
लोकसेवाको परिक्षा पास गरेर एक वर्षमा २७ सय जना बने सरकारी कर्मचारी
असोज ४, २०८१ शुक्रबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार