अनलाइन जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकार बल्छी ध्रुवे र राजु मास्टरसहित आठजना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:४१:२०
३२ जेठ, काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकार राजु मास्टर र बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको छ ।
बिहीबार प्रहरीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेल, पवन खतिवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपालीलाई पक्राउ गरेको हो ।
कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन ।
यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । उनीहरू मध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न-गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार