१८ वर्ष पुगेका नागरिकलाई सैन्य तालिमको व्यवस्था सांसद सुवालको सुझाव
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:४७:४७
३२ जेठ, काठमाडौं । संसद बैठकमा युवा पंक्तिलाई सैन्य तालिममा समावेश गराउनुपर्ने आवाज उठेको छ । सांसद प्रेम सुवालले मन्त्रालयहरुको खर्च कटौतीसम्बन्धी विधेयकमा धारणा राख्दै सांसद सुवालले १८ वर्ष पूरा भएका नागरिकलाई सैन्य तालिम दिनुपर्ने बताए । तालिमका लागि आउँदो आर्थिक वर्षको बजेटमा रकम विनियिोजन गर्न सुझाव दिए ।
तालिमको अभावमा अनुशासनविहीन बन्दै गएको र देशकै माया गर्ने विषयलाई बिर्सिएको पाइएको उनले बताए । तालिमको व्यवस्थाले युवा उमेरदेखि नै अनुशासित बन्ने र देशको माया गर्ने सैन्यभाव पलाउने बताए । देशभित्र व्यापक राजगार सिर्जना गर्ने कार्यक्रम व्यापक रूपमा अगाडि बढाउने किसिमका कार्यक्रम ल्याउन सरकारलाइ सुझाव दिए । देशभित्रकाे राेजगारले युवामा राष्ट्रियताकाे पक्षमा लड्ने भावना विकसित हुने उनकाे भनाइ छ ।
‘अहिले झण्डै ८० लाख युवा (युवकयुवती)हरु विदेशमा रहेको र देशभक्तिभाव अभावका कारण देश फर्किने संभावना न्यून रहेको छ’ सुवालले भने, ‘सैन्य तालिम दिन सकेमा उनीहरु कोही पनि विदेशमा पुगेपनि काम गरेपछि वा कामको महत्व बुझेर देश विकासका लागि फिर्ता आउनेछन् ।’
तालिमले स्वास्थ्यलाई समेत स्वच्छ बनाउने र कुलतमा लाग्नेको सख्ंयामा पनि न्युन आउने विश्वास व्यक्त गरे ।
सरकारले बजेटमा चुरेका ढुंगा–गिट्टी उत्खनन गर्ने भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाए । चुरे उत्खनन नभई संरक्षण गर्ने गरी बजेटमा चुरे संरक्षण गर्ने रकम छुट्याउन सुझाव दिए । चुरे दोहन गर्ने नीति सरकारले कायम राखे प्रतिवाद गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार