बजेट प्रियतावादी र केही क्षेत्रमा सीमित छ, भनिरहनु पर्दैन : सांसद केसी
‘शिक्षा क्षेत्र २ थरि नागरिक उत्पादन गर्ने फ्याक्ट्री बनिरहेकाे छ’
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १३:३०:१
३२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननर सिंह केसीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रियतावादी र केही क्षेत्रमा सीमित रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि धारणा राख्दै सांसद केसीले बजेटले युवा पक्तिको चाहना सम्बोधन र आत्मनिर्भरताका लागि उत्पादन बढाउन ठोस नीति ल्याउन नसकेको बताए ।
आफ्नो क्षेत्र नुवाकोटमा राम्रै बजेट परेको स्वीकार्दै त्यसैलाई केन्द्र बनाएर बहस र आलोचना गर्नु उचित नभएको बताए । बैठकमा अधिकांश सांसदहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको समेत निर्वाचन क्षेत्र रहेको नुवाकोट, प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा भौतिक पूर्वाधार मन्त्रालयका लागि छुट्याइएको बजेटमध्ये ५१ प्रतिशत खन्याएको भन्दै आलोचना गर्दै आएका छन् ।
सांसद केसीले खेलकुद क्षेत्रका निकायहरुमा राजनीतिक दलहरुले कार्यकर्ता भर्ती केन्द्रको रुपमा बुझेर चलाउँदा नेपालको खेलकुद क्षेत्र धराशयी बनेको बताए । शिक्षा क्षेत्रमा पनि सरकारले सही ढंगले नीति कार्यान्वयन गराउन नसकेको बताए । ‘सरकारले दुई किसिमका नागरिक उत्पादन गर्ने काम गरिरहेको छ’ उनले भने, ‘शैक्षिक क्षेत्रलाई सरकार २ थरि जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री बनाउने नीतिले छिट्टै नै राष्ट्रिय दूरावस्था देखिनेलावा छ ।’
साथै, सरकारको वनसम्बन्धी नीति त्रुटिपूर्ण रहेको भन्दै बस्तीमा पहिरो खस्ने, बस्तीमुनि पहिरो चल्ने अवस्था बढेको केसीले बताए । प्लाष्टिकको झोला प्रयोग हटाउन मात्र सकेपनि भूक्षयमा कमी आउने उनको भनाइ छ ।
रोजगार र सुरक्षा अभावमा युवा पंक्ति विदेश पलायन हुन क्रम नरोकिएको उनले बताए । राष्ट्रिय सुरक्षा र सामाजिक आयको प्रत्याभूति नभएसम्म युवा पंक्ति देशभित्र अडिने अवस्था नदेखिएको बताए । भोको पेटले धर्म, संस्कृति वा अनुशासन केही पनि नबुझ्ने अवस्थामा युवालाई सरकारले नै पुर्याउने डरलाग्दो परिस्थिति स्र्जिना गराइरहेको बताए ।
‘बच्चालाई सबै बढी माया गर्ने आमाले नै हो’ सांसद केसीले भने, ‘तर आफैंले जन्माएको बच्चालाई बाँच्नकै निम्ति अरुले लगेर पालोस् भन्ने परिस्थितिमा आमालाई पुर्याउने काम अहिले पनि देखिन्छ । केही खान नपाएपछि सर्पले आफ्नै अण्डालाई खाएको घटना हाम्रा लागि भरपर्दो दृष्टान्त बन्नुपर्छ ।
उनले बजेट समयसुहाउँदो नरहेपनि सरकार पक्षका सांसद भएकाले बजेटको समर्थन गर्नुपर्ने बाध्यतामा आफू रहेको कुरा बुझिदिन पनि विपक्षी दलका सांसदहरुसँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार