दक्षिणपूर्वी एशियालाई सीमा बिहिन बनाउँ !
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १५:३२:२७
शुरेसकुमार पोखरेल
भित्तामा फोटो टाँस्दैमा न भारत अखण्ड हुन्छ न, उसको सपना पुरा हुन्छ । अखण्ड भारत, भारतद्वारा यो क्षेत्रमा लादिएको विचार र दिवा–स्वप्न मात्र हो । पश्चिमको इच्छामा यो क्षेत्रलाई झन–झन जर्जर बनाउने दिशामा भारत गइसकेको छ । भारत, चीन, नेपाल, बंलादेश,पाकिस्तानबीच सम्बन्ध झन तिक्ततामा परिणत हुँदै गएको छ । भारतले यो भौगोलिक क्षेत्रमा हिजोको विवादलाई झन झन बढाएको छ । यसले गर्दा अन्तरक्रियात्मक सम्बन्ध तहसनहस हुँदै गएको छ । यो अत्यन्त दुर्भाग्य हो ।
आधुनिक समयको एकता यो क्षेत्रका देशवासीको चेतना र भावनामा आएको परिवर्तनले हुनेछ । एक–आपसको सहमति र सहकार्यका आधारमा आधारमा हुनेछ । अवको समय चेतना उठाउने, निर्माण गर्ने र विकास गर्दै जाने समय भएतापनी यो क्षेत्रमा भारत अत्यन्त गलत दिशातिर हिडिरहेको छ । यो समय गरीवी, वेरोजगारी, पछ्यौटे पन, वैदेशीक हस्तक्षेप, गुलामीकाविरुद्ध जनस्तरवाटै आवाज बुलन्द गर्दै दिगो शान्ति र समृद्धिका लागि छरिएर रहेका पूवीएशियाका देश र देशवासीहरू एक हुने, एकिकृत हुने समय हो ।
समृद्धिविना शान्ती प्राप्ति सम्भव छैन । बुद्ध मार्फत यो क्षेत्रले शान्तिको सन्देश र ज्ञान पायो, तर समृद्धिको सन्देश यो क्षेत्रले पाएन । समृद्धिको सन्देश नपाएको र समृद्धि नभएकै कारण यो भौगोलिक क्षेत्र अहिले सम्म अशान्त छ र लामो समयसम्म समृद्धिकै खोजिमा अशान्त रहिरहने सम्भावनासमेत रहेको छ ।
अव उप्रान्त जे जती परिवर्तनको आकस्मिक स्वरूप यो क्षेत्रले पाउनेछ, ति सवै चेतनाको स्तर उठेका कारणले र गुमेको चेतना पुनःस्थापित भएका कारणले नै पाउनेछ । गुमेको चेतना नउठिकन र चेतनाको स्तरमा सकारात्मक परिवर्तन नआइकन यो क्षेत्रले चाहेजस्तो गतिमा समृद्धि पाउने वाला छैन ।
यो भौगोलिक क्षेत्रमा वस्ने वासिन्दाहरुले अव चेतनशील मानव हुनुको परिचय दिन आवश्यक छ । यो क्षेत्रकै जनताको संकिर्ण मानसिकतालाइ उठाउदै जान आवश्यक छ । यो भौगोलिक क्षेत्रमा हामी चेतना छरौं, चेतनाको स्तरलाई उठाऔ, यो क्षेत्रमा वन्धुत्व र भाइचाराको सम्बन्ध विकसित गर्दै भियतनाम, कम्बोडिया, लाओस, म्यानमार, भुटान, बंलादेश, नेपालसमेत मिलेर यो क्षेत्रका देशहरु सीमाविहिन बनाउँदै एकिकृत गर्ने दिशामा अघि बढौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षा हुने
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार