संसद बैठकमा प्रदीप पौडेलको प्रस्तावः ‘युवा विकास बैंक स्थापना गरौं’
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १६:८:२७
३२ जेठ, काठमडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले युवा विकास बैंक स्थापना गर्न प्रस्ताप गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद पौडेलले मुलुकको सिंगो युवा पंक्तिलाई शिक्षित र रोजगारी बनाउने दायित्व सरकारको रहेको बताउँदै यो विषय बजेटमा छुटेको बताए ।
उनले रोजगार सरकारले नभई बजार दिने भएकाले कक्षा १२ उत्तीर्ण गरेको युवा शक्तिलाई उत्पादन र आविष्कारको क्षेत्रमा रोजगारी बनाएर लैजाने नीति प्रस्तुत बजेटमा गरिनुपर्ने बताए । ‘शल्यक्रिया गर्ने चिकित्सकलाई रेडियो, घडी बनाउने ज्ञान नहुन सक्छ, तर शल्यक्रियाबारे थाहै नभएका टेक्निसियनले त्यो बनाउन सक्छन्’ उनले भने, ‘हरेक नागरिकलाई ज्ञान र सीपयुक्त बनाउन कानून बनाउनतिर हामी सांसदहरु लागौं ।’
उनले रोजगारको अभावमा दैनिक हजारौं युवक युवती विदेश गइरहेको भन्दै यसलाई रोक्न उत्पादन बढाउने र प्राविधिक ज्ञानसम्बन्धी कक्षा संचालनका लागि नीति बनाउन सबै सांसदहरुले भूमिका खेल्नुपर्ने बताए । रोजगारको आशामा विदेश पुगेका नागरिक दैनिक चारदेखि ६ जनाको मृत शरीर आइरहेको भन्दै यसलाई रोक्नेबारे बजेट नआएको बताए ।
उनले युवा विकास बैंक स्थापना गर्न सकेमा वैदेशिक रोजगारमा गएका श्रमिकले उक्त बैंकमा खाता खोलेर रकम जम्मा गर्न सकिने अवस्था आउने बताए । रोजगारबाट देश फिर्ता भएपछि तिनलाई उनले जम्मा गरेका रकममा उत्तिनै रकम थपिदिएर उद्यम वा व्यवसाय संचालन गर्न दिन सकिने बताए । उद्यम र व्यवसायबाट सरकारलाई राजश्व संकलनमा वृद्धि हुने बताए ।
उनले लि क्वानले मलेसियामा माछा मार्ने काममा रहेका सिंगापुरका नागरिकलाई फिर्ता बोलाएर दोब्बर तलब दिई निर्माण क्षेत्रको तीव्र रुपमा विकास गरेकै कारण आजको विकसित सिंगापुर बनेको बताए । युवालाई बाँच्ने अधिकारसाथ रोजगारको ग्यारेन्टी गर्ने दायित्व कानून बनाउने तहमा बस्ने सबैको रहेको बताए ।
यस्तै, पौडेलले वन नीतिमा व्यापक सुधार गर्नुपर्ने बताए । कानूनको अभावमा वनभित्र हजारौं टन काठ कुहिएको तर विदेशबाट वार्षिक १८ अर्ब रुपैयाँको काठ आयात गर्ने गरिएको बिडम्बनापूर्ण अवस्था रहेको बताए । जंगलमा खेर गइरहेको काठ प्रयोग गर्न कानूनले रोक लगाउँदा काठ तस्करी बढेको र धेरै नागरिक जेलमा पुगेको बताए ।
उनले रुख काटेको स्थान बिरुवा रोप्ने र रुखको गणना तथा अनुगमनमा डिजिटल प्रविधिको प्रयोगको व्यवस्था गर्न सुझाव दिए । एक ठाउँमा बसेर स्याटेलाइटबाट सिंगो वनभित्र रहेको रुखको तस्वीर लिने र कटान गर्नुपर्ने रुखको संख्या निकाल्न सकिने बताए । रुख काटेपछि त्यस ठाउँमा बिरुवा रोपियो कि रोपिएन भन्ने विषय तत्काल पत्ता लगाउन सकिने बताए । यसबाट काठ तस्करी राेक्न सकिने बताए ।
अर्को प्रसंगमा सामाजिक सुरक्षा भत्ताको प्रावधानमा सुधार गर्नुपर्ने बताए । सामाजिक सुरक्षा भत्ता समानताको आधारमा नभई समताको आधारमा दिइने व्यवस्था गरिनुपर्ने बताए । कतिपय अवस्थाका नागरिकलाई भत्ता नै आवश्यक नपर्ने रहेको उनको भनाइ छ । रकारले ल्याउने भनिएको मुर्रा राँगा रोजगार वृद्धि र कृषि विकासमा उचाइ हासिल गर्ने विषयसँग सम्बन्धित रहेको उनले बताए । राँगा वास्तवमा कृषि क्षेत्रलाई उकास्ने विषय भएपनि बुझाउन नसक्दा संसदमा ब्यंग्य गर्ने विषय बनाइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार