अभियुक्ततर्फको बहस सकियो, भोलि जवाफी बहस
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १७:२६:५१
३२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त तर्फका वकिलको बहस सकिएको छ । अभियुक्त तर्फको बहस सकिएसँगै शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिइनेछ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपाने लगायतले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउने-नपठाउने आदेश दिने अदालतको तयारी छ । हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको शरणार्थी प्रकरणको थुनछेक बहस भोलि सम्भवतः सकिनेछ ।
प्रतिवादीसँग बयान लिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरुमा सरकारी वकिलको तर्फबाट भएको थियो । त्यसपछि १८ जना प्रतिवादीको तर्फबाट भएको लामो बहस पनि बिहीबार सम्पन्न भएको हो ।
यससँगै अब शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरूमाथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई भनेका छन् ।
जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकेपछि समय पुगेमा शुक्रबार नै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ । अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता भएको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको थियो ।
उक्त प्रकरणमा २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल समेत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
जापान पठाइदिने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार