काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १८:१३:३५
३२ जेठ, काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । बिहीबार काठमाडौंमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरि नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगाएत संघका पदाधिकारीले विदाई गरेका थिए । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ । विदाई कार्यक्रममा राष्ट्रिय पुरुष भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले उत्साहको रुपमा प्रतियोगीतामा भाग लिने भन्दै यसले एशियाली खेलकुदको तयारी समेत हुने बताए ।
उहाले बिगतमा खेलेको टिम भन्दा बलियो टिम संग खेल्ने भन्दै सिक्ने अवसर प्राप्त हुनेजिकिर गर्नुभयो । त्यस्तै पुरुष भलिबलका कप्तान हरिहजुर थापाले अहिलेको प्रतियोगीतामा मजबुद टिम रहेकाले चूनौति रहेपनि चूनौतीसंंग लडेरै आउने बताए ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार