प्रस्तावित प्रधानन्यायाधीश कार्की र समितिका सदस्यबीच सवाल जवाफ, न्यायालय सुधारको के छ योजना ?
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ९:२:३६
१ असार, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइमा सांसदहरुले न्यायालय सुधारबारे प्रश्न गरेका छन् । कार्कीलाई समिति सदस्य पदम गिरीले न्याय क्षेत्रको सबै समस्या थाहा छ भन्दै पहिलो प्रश्न गरेका थिए ।
उच्चस्तरीय न्यायालय समिति तपाईको नेतृत्वमा बन्यो । तपाई कामु हुँदा ८ महिनामा समितिको सुझावमा कति काम गर्नुभयो ? प्रधानन्यायाधीश बनेपछि न्यायालय सुधार गर्ने के संकल्प छ ? भन्दै प्रश्न गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु भएसँगै समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्य योजनाका विषयमा प्रश्न सोध्ने क्रम जारी छ ।
प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिने छन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।
संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषदको बैठकले सिफारिस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार