गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार ११:६:३६
१ असार, काठमाडौं । नेपाल बैंकले औधाेगिक घराना गोल्छा समूहको रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलामीमा राखेको छ । बैंकले सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाइएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।
गोल्छा समूहले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो । सो उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा राखिएको हो । मिल्स ०७६ फागुन सम्ममा दुई अर्ब १७ करोड ७५ लाख रूपैयाँ खुद घाटामा गएको थियो ।
बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जे जस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रूपैयाँ कायम गरेको छ ।
इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने जारी सूचनामा उल्लेख छ । लामो समयदेखि घाटामा गएर बन्द भएको मिल्स बैंकले तोकेको मूल्यमा सकारिन भने मुस्किल देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार